निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी सत्ता जोगाउने कसरतमा

लुम्बिनी प्रदेश सरकार अल्पमतमा छ । सरकारलाई समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिएसंगै उनी अल्पमतमा परेका हुन । अब मुख्यमन्त्री लिला गिरी फेरि विश्वासको मत लिने प्रक्रियामा जानुपर्छ । कानुन अनुसार उनी बैशाख ११ गते सम्म मुख्यमन्त्री रहन्छन् । उनी मुख्यमन्त्री गिरी अहिले आफ्नो सरकार जोगाउने प्रयासमा छन् ।
प्रतिपक्ष दलहरुले यस अघि बसेको प्रदेश सभाको बैठकमा राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताइरहेपनि मुख्यमन्त्री गिरी कानुनी दफा देखाएर सत्तामा छन् ।

प्रदेशमा सरकार अल्पमतमा परेको एक महिनाभित्र पुनः विश्वासको मत लिने कानुनी व्यवस्था छ । त्यहि अनुसार उनले बैशाख ११ गते सम्म विश्वासको मत लिनुपर्छ । त्यस अघि बैशाख ९ गते प्रदेश सभाको बैठक बस्दैछ ।

संविधानको धारा १६८ (२) बाटै डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउनु पर्ने तर्क कांग्रेस सहितका नेताहरुले गरिरहदा एमालेले भने संविधानको धारा १६८ (२) बाट विश्वासको मत नपाएको अवस्थामा धारा ३ बाट नयाँ मुख्यमन्त्री चयन हुनुपर्ने दाबी छ । लुम्बिनी प्रदेशका प्रबक्ता चेतनारायण आचार्य संविधानको धारा १६८ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा चयन भएको मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेमा संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखबाट मुख्यमन्त्री चयन गर्ने व्यवस्था रहेको बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा गत पुस २७ गते एमाले संसदीय दलका नेता लिला गिरी ५७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए भने माघ ५ गते विश्वासको मत प्राप्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित