रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा संञ्चालनको माग गर्दै धर्ना बस्नुपर्ने अवस्था आएको हो ?

बुटवल । हिजो शुक्रबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमासञ्चालनको मागगर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिए । र आन्तरिक उडान बन्द गर्ने चेतावनी पनि दिए ।
धर्ना दिनुको मुख्य कारण थियो, विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आओस् । व्यवसायीको यो माग जायज हो । निजी क्षेत्रका संघ संस्थाहरुले भैरहवामा सकिनसक्दै बुटवलमा भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अधिबेशनमा पुर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्बद्ध निकायको हेलचक्रयाई र कमजोरीका कारण भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको बताए ।
यता व्यवसायीले धर्नाको एक्येबद्धता समेत जनाएका पौडेलले कमिजोरी गर्नेसबै निकायले कमजोरी सुधार गर्नुपर्ने बताए ।
४० अर्बको लगानीमा बनेका विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा धेरैले यसलाई छिटो पूर्ण रुपमा सञ्चालन गर्न माग गरिरहेका छन् । यहि विमानस्थल लाई लक्षित गर्दै रुपन्देहीमा ठुला लगानीमा होटल खुलिरहेका छन भने पर्यटकिय नयाँ गन्तव्यहरु पनि तयार भइरहेका छन् ।
विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको कारण निजी क्षेत्रको लगानी समेत संकटमा रहेको भन्दै विमानस्थल पूर्णत सञ्चालनमा ल्याउनु पर्ने चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

सञ्चालनमा आएको महिनौँ दिन वित्दा समेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिनमात्रै एक–एक उडान हुँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित