लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

बुटवल– पूर्व प्रधानमन्त्री केपी शर्माओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिश्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए ।
बिहीबार लुम्बिनीमा आयोजित मदन भण्डारी स्पोटर्स एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले खेलकुदलाई बृहद रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गरे । ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिश्पर्धी बनाउछ । प्रतिश्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउछ,’ ओलीले भने, ‘यसैले खेल व्यक्ति व्यक्तिले खेल्न र स्वस्थ प्रतिश्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।’ उनले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको बताउदै अब संवृद्धिका लागि पनि खेल आवश्यक रहेको बताए । ‘खेल प्रतिश्पर्धाहरु बढाउनु पर्छ । खेलेर पनि संवृद्ध बन्न सकिन्छ भन्ने बनाउनु पर्छ,’ ओलीले भने ।
पूर्व प्रधानमन्त्री ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताए । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोटर्स एकेडेमीबाट भएको बताउदै यसलाई अझ बिस्तार गर्न सुझाब दिए । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको बताउदै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताए ।
पूर्व अर्थमन्त्री विष्णु पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधै प्राथमिकता दिएको बताए । सुरु खेल पूर्वाधारहरु सकिदा धेरै खेलाडीलाई खेलअभ्यास र प्रतिश्पर्धामा सहज हुदै जाने उनले जनाए । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि लगानी बढाउनुपर्ने उनले बताए ।
मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिश्पर्धालाई अगाडि बढाएको बताए । देशका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउदै उनले आउदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा बिस्तार गरी काम थाल्ने जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित