बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

खेलकुदले असल राजनीतिक संस्कार समेत सिकाउछ : पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

बुटवल– पूर्व प्रधानमन्त्री केपी शर्माओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र होइन असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिश्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए ।
बिहीबार लुम्बिनीमा आयोजित मदन भण्डारी स्पोटर्स एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले खेलकुदलाई बृहद रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गरे । ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिश्पर्धी बनाउछ । प्रतिश्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउछ,’ ओलीले भने, ‘यसैले खेल व्यक्ति व्यक्तिले खेल्न र स्वस्थ प्रतिश्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।’ उनले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको बताउदै अब संवृद्धिका लागि पनि खेल आवश्यक रहेको बताए । ‘खेल प्रतिश्पर्धाहरु बढाउनु पर्छ । खेलेर पनि संवृद्ध बन्न सकिन्छ भन्ने बनाउनु पर्छ,’ ओलीले भने ।
पूर्व प्रधानमन्त्री ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताए । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोटर्स एकेडेमीबाट भएको बताउदै यसलाई अझ बिस्तार गर्न सुझाब दिए । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको बताउदै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताए ।
पूर्व अर्थमन्त्री विष्णु पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधै प्राथमिकता दिएको बताए । सुरु खेल पूर्वाधारहरु सकिदा धेरै खेलाडीलाई खेलअभ्यास र प्रतिश्पर्धामा सहज हुदै जाने उनले जनाए । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि लगानी बढाउनुपर्ने उनले बताए ।
मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिश्पर्धालाई अगाडि बढाएको बताए । देशका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउदै उनले आउदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा बिस्तार गरी काम थाल्ने जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित