रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

उत्कृष्ठ उद्यमी बने नगद १ लाख पुरस्कार

दायित्वको आयोजानमा तिलोत्तमा नगरपालिकामा जारी ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम’ अन्र्तगत तेस्रो संस्करणको नयाँ उद्यमी छानिने भएका छन् ।
तिलोत्तमा नगरापलिका भित्र उद्यमी गर्दै आएका साना र मझौला प्रकृतिका उद्यमीहरुको विचमा प्रतिष्पर्धात्मकरुपमा १ जना उत्कष्ट उद्यमी छानीन लागिएको हो । तेस्रो चरणको लागि ८५ जनाले आवेदेन पेश गरेकोमा विभिन्न चरणबाट अहिले १० जना उद्यमीहरु छानिएका छन् । ती उद्यमीहरुले गर्दै आएको सिप, उद्यमी, क्षमता, बजार र नेतृत्वको आधारमा १ जनालाई उत्कृष्ट उद्यमीको रुपमा पुरस्कृत गरिने कार्यक्रम रहेको दायित्वका सिनियर प्रोग्राम म्यानेजर सञ्जय अर्यालले जानकारी दिए ।
उनका अनुसार यहि चैत २८ गते मणिग्राममा एक विशेष कार्यक्रम गरी उत्कृष्ठ उद्यमी घोषणा हुने छन् । जसको लागि उद्यमीहरुले आफ्नो ६ मिनेटको प्रस्तुती समेत गर्ने छन् । उपस्थिति मुल्यांकनकर्ता, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधी साथै समाजसास्त्री, विजनेश स्डीज गर्दै आएका ५ जना विद्यार्थीहरुको समेत मुल्यांकनबाट उत्कृष्ठ १ जना उद्यमी घोषणा गरिने दायित्वका लुम्बिनी प्रदेश संयोजक(प्रोग्राम म्यानेजर) कमल थापाले जानकारी दिए । नयाँ उद्यमी घोषणाका लागि विगत ९ महिना देखि दायित्वले विभिन्न कार्यक्रम, तालिम, गोष्ठी, उत्प्ररेणाका काम गर्दै आएको थियो । उत्कृष्ठ १० उद्यमीमा छानिका उद्यमीहरुले जनप्रतनिधी संग उद्यमी, समुदाय संग उद्यमी, उद्यमी संग उद्यमी, विद्यार्थीसंग उद्यमी लगायतका कार्यक्रम समेत गरिसकेका छन् ।

सोही कार्यक्रम अन्तगतग बुधबार सञ्चारर्कीसंग उद्यमी कार्यक्रम गरिएको छ । कार्यक्रममा हाल उत्कृष्ठ १० मा छनौटमा परेका उद्यमीहरु यम कुमारी पौडेल, सरस्वती बन्जाडे, दुर्गा भण्डारी, मिनु थापा, रोहित सिंह आले,चन्दा घिमिरे, भगवती बश्याल, बलराम काप्mले, विना कुमारी पुन, राधेश्याम लोधले आ आफुले गर्दै आएको उद्यमको विषयमा प्रकाश पारेका थिए । यसरी छनौट भएका उद्यमीहरु मध्ये उत्कृष्ठ १ जनालाई १ लाख, दोस्रो उत्कृष्ट उद्यमीले ३५ हजार र अन्य सबै सहभागी उत्कृष्ट १० मा परेका उद्यमीहरुले १० ÷१० हजार नगद पुरस्कार पाउने छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित