लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

कपिलवस्तुका न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

कपिलवस्तु — न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् ।

गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्‌मा सरुवा भएको थियो ।

जाहेरी दर्तापछि उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए । ‘पक्राउ पुर्जी अनुसन्धानको एउटा पाटो हो,’ उनले भने, ‘अन्य कुराबारे पनि अध्ययन थालेका छौं ।’

गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।

गिरीकी पत्नीले न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित