रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

‘व्यवसायीहरु नापतौलमा थप सचेत बन्नुस्’

बजारमा गुणस्तर कायम गर्नको लागि नापतौलको यन्त्र उपयुक्त रूपमा राख्नु भएकोले व्यवासयाीहरु सचेत बन्नु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

रुपन्देही खुद्रा किराना व्यवसायी सङ्घले बुटवलमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रमका ढक ,किला काँटा ,लिटर मिटर अनिवार्य रूपमाजाँच गराउनु पर्ने जोड दिएको छ । यसरी नापतौल यन्त्रमा सचेत बनेका व्यवासायीहरुको विश्वसनीयता र गुणस्तरमा वृद्धि हुने बताएको छ ।

गुणस्तर तथा नापतौल सम्बन्धमा कार्यालय बुटवलका प्रमुख शम्भु कुमार झाले नापतौलको रूपमा अनिवार्य रूपमा अनुमति पत्र ल्याउनु पर्ने बताउँदै व्यापारी तथा उद्योगीहरूले त्यसलाई ध्यान दिनु पर्ने बताए ।

उनले संसारभर नै ढक, तौल, लिटर, मिटर जाँच गर्ने प्रचलन हुने भएकोले नापतौलको लाईसन्स लिएपछि उपभोक्ताको विश्वास बढ्ने बताए । उनले यस्तो नगर्ने माथि कानुन अनुसार नै अगाडि जाने बताए ।

खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष मोहन बस्याले ढक तराजु कार्यालयमा दर्ता र नविवरण गर्नको लागि आफ्ना सदस्यहरू उत्सुक रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रमका निरीक्षक अधिकृत दीपेन्द्र रोकाया , सङ्घका महासचिव गोपाल कुमार प्रधान , ढक काटा दर्ता तथा नवीकरण उपसमिति संयोजक कुलचन्द्र गौतम लगायत बोल्दै ढक तराजु सहज रूपमा नवीकरण गर्ने वातावरण तयार गर्न आग्रह गरेका थिए ।

पहिलो चरणमा आइतबार र सोमबार सङ्घको कार्यालयमा ढक काटा को नवीकरण र दर्ता गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित