बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

अव्यवस्थित बसोबासीलाई दिइने लालपूर्जाको राजस्व पुनरावलोकन गर्न सांसद घिमिरेको माग

बुटवल। प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अव्यवस्थित बसोबासीलाई प्रदान गरिने जग्गाको राजस्वमा पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले हाल निर्धारण गरिएको राजस्व अव्यवहारिक रहेको बताए। वर्षौदेखि जोतभोग गर्दै आएको जमिनको पूर्जा लिन चर्को राजस्व तिर्नुपर्दा नागरिकलाई जग्गा किनेसरह भएको उनको भनाइ छ ।
रुपन्देही क्षेत्र नं. ५ बाट निर्वाचित सांसद घिमिरेले राष्ट्रिय भूमि आयोगले पूर्जा वितरण कार्य गर्नु खुशीको कुरा भए पनि राजस्वको दररेट बढी हुँदा नागरिक अन्यौलमा परेको बताउँदै दश वर्षसम्म किनबेच गर्न पनि नपाउने र राजस्व पनि अत्याधिक भुक्तान गर्नुपर्ने कारणले भूमि आयोगले पूर्जा लिन सूचना गर्दा समेत नागरिक नगएको पाइएको उल्लेख गरे ।
‘नागरिक आफैले ४०÷५० वर्षदेखि जोतभोग गर्दै आएको जमिन सरकारलाई चर्को राजस्व भुक्तान गरी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’ संसद बैठकमा उनले भने, ‘दश वर्षसम्म किनबेच गर्न पनि नपाउने र राजस्व पनि अत्याधिक भुक्तान गर्नुपर्ने कारणले भूमि आयोगले पूर्जा लिन सूचना गर्दा समेत नागरिक नगएको परिस्थिति निर्माण भएको हुँदा तत्काल राजस्व पुनरावलोकन गरी सहज ढंगले अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई पूर्जा वितरण कार्य गर्न सभामुखमार्फत् सरकारसँग माग गर्दछु ।’ उनले कतिपय ठाउँमा तोकिएको राजस्व बजार मूल्यभन्दा पनि बढी रहेको जनगुनासो आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित