लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

अव्यवस्थित बसोबासीलाई दिइने लालपूर्जाको राजस्व पुनरावलोकन गर्न सांसद घिमिरेको माग

बुटवल। प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अव्यवस्थित बसोबासीलाई प्रदान गरिने जग्गाको राजस्वमा पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले हाल निर्धारण गरिएको राजस्व अव्यवहारिक रहेको बताए। वर्षौदेखि जोतभोग गर्दै आएको जमिनको पूर्जा लिन चर्को राजस्व तिर्नुपर्दा नागरिकलाई जग्गा किनेसरह भएको उनको भनाइ छ ।
रुपन्देही क्षेत्र नं. ५ बाट निर्वाचित सांसद घिमिरेले राष्ट्रिय भूमि आयोगले पूर्जा वितरण कार्य गर्नु खुशीको कुरा भए पनि राजस्वको दररेट बढी हुँदा नागरिक अन्यौलमा परेको बताउँदै दश वर्षसम्म किनबेच गर्न पनि नपाउने र राजस्व पनि अत्याधिक भुक्तान गर्नुपर्ने कारणले भूमि आयोगले पूर्जा लिन सूचना गर्दा समेत नागरिक नगएको पाइएको उल्लेख गरे ।
‘नागरिक आफैले ४०÷५० वर्षदेखि जोतभोग गर्दै आएको जमिन सरकारलाई चर्को राजस्व भुक्तान गरी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’ संसद बैठकमा उनले भने, ‘दश वर्षसम्म किनबेच गर्न पनि नपाउने र राजस्व पनि अत्याधिक भुक्तान गर्नुपर्ने कारणले भूमि आयोगले पूर्जा लिन सूचना गर्दा समेत नागरिक नगएको परिस्थिति निर्माण भएको हुँदा तत्काल राजस्व पुनरावलोकन गरी सहज ढंगले अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई पूर्जा वितरण कार्य गर्न सभामुखमार्फत् सरकारसँग माग गर्दछु ।’ उनले कतिपय ठाउँमा तोकिएको राजस्व बजार मूल्यभन्दा पनि बढी रहेको जनगुनासो आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित