रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशल स्कूल घोषणा

बुटवल। मोफसलमा रूपन्देहीको नमस्ते एकेडेमी क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएको छ । ब्रिटिस व्यवस्थापन ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमा–१४ स्थित एकेडेमी क्याम्ब्रिज स्कूलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै काठमाडौं बाहिरको क्याम्ब्रिज स्कूलमा रजिष्टर हुने पहिलो विद्यालय बनेको हो । विद्यालयका प्राचार्य जिम्मे शेर्पाले कक्षा ७ सम्मका लागि क्याम्ब्रिजमा रजिष्टर भएको बताए । शेर्पाले क्याम्ब्रिजमा जोडिएका विश्वका सबै स्कूलको करिकूलम अनुसार पढाई हुने बताए ।


‘क्याम्ब्रिज स्कूलमा आबद्ध १६० वटा देशका स्कूलमा आफ्नो देशको बाहेक अंग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिजको शिक्षण विधि अनुसार पढाई हुन्छ । जसले विश्वमा सबै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाईमा अब्बल बढाउछ ।’ विद्यालयका विद्यार्थीले सातामा कुनै सामाजिक काम गर्नुपर्छ । क्याम्ब्रिज स्कूलमा आबद्ध भएपछि विद्यालयले शुक्रबार अभिभावकहरुको भेला समेत गरेर जानकारी गराएको थियो ।
विश्वस्तरको नेपाली हावापानी सुहाउदो शिक्षा दिने उद्देश्यले स्थापित एकेडेमीले छोटो समयमै उचाई प्राप्त गरेको विद्यालयका निर्देशक विष्णुप्रसाद भुसालले बताए । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलापका लागि हुक अफ इडनबरोका लागि अनुमति प्राप्त गरेको छ । विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत छन । ५ वर्ष अगाडि मोफसलमै अन्तराष्ट्रिय स्तरको रुपमा स्थापित एकेडेमीले छोटो समयमै उत्कृष्ट बन्दै गएको छ । विद्यालयले यो वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा ३१ जना विद्यार्थी सहभागी रहेका विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित