लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

सिद्धार्थनगर सिटी अस्पताल द्वारा बुटवलबाट निःशुल्क बस

बुटवल। भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले बुटवल देखि भैरहवा सम्म निःशुल्क बस सेवा सुरुवात गरेको छ । बुटवलको गोलपार्कबाट अव भैरहवा हस्पिटल सम्म निःशुल्क बस सेवा हप्तामा ३ सञ्चालन हुनेछ ।
विहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिकाका उप–प्रमुख सावित्रादेवी अर्यालले निःशुल्क बसको शुभारम्भ गरिन । कार्यक्रममा बोल्दै उप–प्रमुख अर्यालले विरामी प्रति अस्पतालले गर्ने व्यवहारलाई सुधार गरी विरामीको, आफन्तहरुको मनोभावलाई बुझेर सोही अनुसारको सेवा प्रवाह गर्न आग्रह गरिन् । उनले बुटवल देखि भैरहवा उपचारका लागि जाने विरामीहरुको लागि मानविय सेवभावले सुरुवात गरिएको यो बस सेवाले निरन्तरता पाउनेमा आशावादी समेत भएको बताईन ।
निःशुल्क बस शुभारम्भ कार्यक्रममा बोल्दै अस्पतालमा प्रबन्ध निर्देश अर्जुन पौडेलले अस्पतालले स्थापना समय देखि नै विरामीहरुको उपचारमा सहजीकरण गर्दै आएको बताए । अहिले आफ्नै आधुनिक शुविधा सम्पन्न अस्पताल भवनबाट सेवा प्रदान गर्दै आएको जानकारी दिदै उनले अस्पतालको आधुनिक सेवा सुविधा भएपनि अन्य अस्पताल सरहको शुल्कमा विरामीलाई सेवा प्रवाह गरिरहेको बताए । निशुल्क बस हप्तामा ३ दिन बुटवलबाट अस्पताल सम्म पुग्नेछ । आईतबार, मंगलबार र विहिबार विहान ९ बजेर ४५ मिनेटमा बुटवलको गोलपार्क बाट अस्पताल जानका लागि बस छुट्ने उनले बताए ।
साथै सामाजिक उत्तरदायित्व अभियानका विभिन्न क्रियाकलापहरुमा समेत उनले विगत लामो समय देखि काम गर्दै आएको जानकारी दिए ।
कार्यक्रमाा राजमार्ग नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका बाबुराम बस्याल, अस्पतालका विजनेश डेभलपमेन्ट अफिसर सन्तोष कुमार पाण्डे लगायतको सहभागीता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित