रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन– एमाले अध्यक्ष केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् ।

‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म प्रधानमन्त्री बनिसकें । काम गरेर देखाइसकें । म प्रधानमन्त्री बन्न नपाएको त्यस्तो पनि होइन । तपाईंहरुले बनाउनुभयो । प्रधानमन्त्री बनेर काम पनि देखाएको छु ।’

उनले दश दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताए । नेता ओलीले एमालेविरुद्ध सबै शक्ति एकजुट भएर अप्ठ्यारो पारेपछि कब्जा गर्न लागेको पार्टी फिर्ता गरेको बताए ।

एमालेलाई काम गर्न नदिएर हटाएपछि देशको भूगोल मिचिएको उनको जिकिर थियो ।

उनले भारततर्फ लक्षित गर्दै भने, ‘मैले प्रधानमन्त्री भएर छाड्दा देश जत्रो थियो । पछि प्रचण्ड-शेरबहादुरहरुले अलिकति खुम्चाए । अलिकति आफ्नो भूभाग नदेखेको झैं गरे । कस्तो दलाली ? कस्तो चाकडी होला ? देश मिचिएको सरकारमा छन् रक्षा गर्ने कर्तव्य हो । तर, मैले त देखिन भन्छन् । मैले यति बोलेपछि भोलि कुम्लोकुटुरो बोकेर टिकट काटेर कुरा लगाउन जान्छन् । हजुर पाल्पामा गएर केपी ओलीले त नेपालको सिमाना घटायो भन्यो नि हजुर । त्यसलाई त आउन दिनुभएन है ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित