लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

बुटवल । बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।
बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई सफा राख्ने दायित्व स्थानीयको समेत रहेकोले नगर सफा राख्नका लागि आह्वान गरे । उनले दैनिक फोहोर संकलनका लागि नगरबाट गाडी र सरसफाईकर्मीको व्यवस्था भएको र सोहीअनुसारले व्यवस्थापन गर्दै आएकोमा खोलामा फोहोर फालेर दुगन्र्ध फैलाउने र रोग फैलाउने काम नगर्न सुझाव दिए ।


उनले फोहोरमैला फाल्ने, पशुपंक्षीको बध गरेपछि निस्केको फोहोर, बुंगुरसुंगुरको खोरको फोहोर र अन्य फोहोर खोलामा सिधै फाल्ने गरेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रण गर्न थालेको बताए।
उनले छिटै नै खोलाहरुमा फोहोर र अन्य सामग्री फाल्नेहरुलाई नियमन गर्दै फोहोर व्यवस्थापनको कामलाई व्यवस्थित गर्न जथाभावी फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याउने बताए ।
उनले स्वास्थ्यका लागि पनि नगरलाई सफा राख्नुपर्ने स्थानीयको समेत दायित्व रहेकाले गम्भीर बन्न सुझाव दिए ।
स्थानीयले खोलामा बंगुर सुंगुर, कुखुरा, हाँसजस्ता पशुपंक्षीको दिसापिसाब र फोहोर सिधै खोलामा फाल्ने गरेको र जसले दुगन्र्ध फैलाएको पाइएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरसफाई शाखालाई निर्देशन दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित