प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

बुटवलमा दुर्घटना नगर्ने ४० मर्यादीत चालक सम्मानित

बुटवल । मर्यादीत रुपन्देहीको बुटवलका सवारी दुर्घटना नगर्ने र मर्यादीत सवारी चलाउने ४० जना चालकलाई सम्मान गरिएको छ ।
बस, ट्रक, जीप, भ्यान, टेक्सी लगायतका साधन दशकौसम्म चलाएरपनि दुर्घटना नघटटाएका ४० चालकलाई बुटवलमा एक कार्यक्रम गरि सम्मान गरिएको हो । सुरक्षित यात्रा नेपालले बुटवल उपमहानगरपालिकाको सहकार्यमा सोमबार सम्मान गरेको हो ।
सवारी चालकको पेशालाई मर्यादीत र सम्मानजनक बनाउन तथा ट्राफिक नियमको उलंघन गर्नेलाई सवक सिकाउनका लागि बुटवलमा कार्यक्रम गरि मयादीत चालकलाई सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्बासेले जानकारी दिए । मर्यादीत चालकलाई सम्मान गर्दै बुटवल उपमहानगर पालिकाका मेयर खेलराज पाण्डेले चालकको पेशालाई पनि सम्मानजनक पेशाका रुपमा स्थापित गर्नु पर्ने बताए । प्रमुख पाण्डेले चालकले प्रयोग गर्ने भाषा र चालकलाई सम्वोधन गर्ने भाषा दुबैमा शिष्टता हुनु पर्ने बताए ।
उनले लामो समय सवारी चलाएर पनि दुर्घटना नगर्ने चालकलाई गरिएको सम्मानले चालकको मनोवल बढेको बताउँदै सवारीसँग सम्वन्धित विभिन्न यातायात समितिलाई सामाजिक कार्यमा पनि सहकार्य गर्ने सुझाव दिए ।


सुरक्षित यात्रा अभियानका अभियन्ता दिपक ढकालको स्वागतमा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, सुरक्षित यात्रा नेपालका प्रमुख संरक्षक अर्जुन रानाभाट, सुरक्षित यात्रा नेपालका अभियन्ता महेन्द्र पाण्डे, सडक डिभिजन कार्यालयका प्रमुख होमबहादुर एसी, सुरक्षित यात्रा नेपालका महासचिव प्रकाश कुमार नेपाल, प्रताव बहादुर कार्की लगायतले सम्मानीत हुने मर्यादीत चालकलाई बधाई सहित दुर्घटना न्युनिकरणमा सडक, सवारी र चालक सबैको भुमिका सकारात्मक हुनु पर्ने बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित