आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौ – राजमो

बुटवल । राष्ट्रिय जनमोर्चा संघीयताबिरुद्व देशभर विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि संघीयताको विरोध गर्दै आएको छ ।

संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रुपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको सो पार्टीका नेताहरुले बताएका छन् ।

सोमबार रुपन्देहीको बुटवलमा संघीयता खारेज, मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो । विभिन्न नारासहित बुटवलको वसपार्कबाट जुलुस निकालिएको थियो । जुलुसपछि बुटवलमा आयोजित सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहाकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भैसकेको वताउंदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए ।

संघीयता विरुद्दको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने – संघीयता खारेज नभए देश थप संकटमा पर्छ, आम नेपाली जनता संघीयताको विपक्षमा छन् ।

महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयश्रोत भएका जनतालाई सांझ विहानको छाक टार्न समस्या भएकाले दवावमूलक आन्दोलन आवश्यक भएको उनले बताए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रुपले संकटमा परेको बताउंदै संघीय प्रणाली आफैमा बेठिक नभएपनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए ।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले भौगोलिक रुपमा सानो देश नेपालले आर्थिक रुपमा संघीयता थेग्न नसक्ने बताउंदै प्रदेश खारेज गर्नुको कुनै विकल्प नभएको बताए ।

हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यहि चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी,मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित