प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

भाडामा दिएरै भए पनि लुम्बिनीको सभाहल नियमित सञ्चालनमा ल्याउनुपर्छ–सांसद घिमिरे

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहल लिजमा र्दिएर भए पनि नियमित सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई लिजमा दिएर भए पनि सभाहल नियमित सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन् ।

अहिलेको अवस्थामा लुम्बिनी विकास कोषले सभाहल सञ्चालनमा ल्याउन नसक्ने उनको भनाइ थियो । संघीय सांसद घिमिरेले निजी क्षेत्रलाई लिजमा दिँदा एकातिर कोषको आम्दानी बढ्ने र अर्कोतिर लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जिकिरि गरे ।

‘लुम्बिनी विकास कोषको मर्म र भावनाविपरीत नहुने गरी स्पष्ट मापदण्ड बनाएर निजी क्षेत्रलाई लिजमा सभाहल सञ्चालन गर्न दिँदा अन्तर्राष्ट्रिय स्तरका ठूल्ठूला कार्यक्रम लुम्बिनीमा हुनेछन्’, सांसद घिमिरेले भने, ‘यसो गर्नसके लुम्बिनी घुम्न आउने पर्यटकको संख्या पनि बढ्नेछ ।’

नियमित सञ्चालन नहुँदा सभाहलको सञ्चालन खर्च व्यवस्थापनमा समेत कठिन हुनसक्नेतर्फ उनले ध्यानाकर्षण गराए ।

लुम्बिनीमा २०७४ सालको बुद्ध जयन्तीका दिन हावाहुरी र झरीले कार्यक्रमस्थल भत्काएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही बेला ५ हजार जना क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाहल बनाउने घोषणा गरेका थिए । २०७५ वैशाख १७ गते बुद्ध पूर्णिमाका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गरेकी थिइन् ।

सभाहलको गतवर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतको सहभागितामा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

सभाहलमा ध्यान केन्द्र १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई बन्द राख्न चारैतिर इँटाको पर्खाल लगाइएको छ ।

छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधि जडान गरिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने प्यानल प्रयोग गरिएको छ । साउण्ड प्रुफ छत छ । असिनापानीको आवाज आउँदैन । हलको भूईंमा चार वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित