बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

भैरहवा बहुमुखीमा निर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई एमाले सिद्धार्थनगर–६ द्वारा सम्मान

भैरहवा । गत चैत ८ गते सम्पन्न भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष (सभापति) पदमा निर्वाचित सागर न्यौपानेसहित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकमा उनीहरुलाई सम्मान गरिएको हो ।

भैरहवा बहुमुखी क्याम्पसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानलले नै जितेको छ ।

त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट वाणिज्य उपाध्यक्षमा निर्वाचित एमाले जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले एमालेविरुद्ध घेराबन्दी र गठबन्धन गरिए पनि जनताले एमालेलाई मन पराएको बताए । उनले स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले देशभरी शानदार रुपमा जितेको बताए । उनले भने, ‘अन्य मुलुकमा सत्ता पक्षविरुद्ध विपक्षीले गठबन्धन गर्छन्, नेपालमा सत्ता पक्षले विपक्षी दलविरुद्ध गठबन्धन गर्छन्, यसले पनि पुष्टि गर्छ कि एमाले कति बलियो छ ।’

एमाले रुपन्देही जिल्ला कमिटी सदस्य गोविन्द ज्ञवालीले आगामी निर्वाचनमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा एमालेले जित्ने गरी अघि बढ्न आग्रह गरे । उनले केही कमीकमजोरी र असन्तुष्टी भए त्यसलाई समाधान गर्नुपर्ने बताए । उनले पार्टीलाई बलियो बनाउन र तल्लो तहमा पार्टी कार्यकर्ता र जनताको गुनासो सुन्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

पार्टीका सिद्धार्थनगर कमिटीका उपाध्यक्ष अर्जुन कुमार गिरीले पार्टीभित्र रहेका गुनासोलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए । एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले स्ववियु निर्वाचनमा अनेरास्ववियुको शानदार जीत भएको बताए ।

अनेरास्ववियु पूर्व केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले एमालेलाई अझ बलियो बनाउनेतर्फ अघि बढ्नुपर्ने बताइन् । एमाले सिद्धार्थनगरका विद्यार्थी इञ्चार्ज तथा सिद्धार्थनगर–१२ का पूर्व वडा सदस्य सरोज ठकुरीले अन्य दलका विद्यार्थी संगठनको गठबन्धनका बाबजुद अनेरास्ववियुको सिंगो टीमले नै भैरहवा बहुमुखी क्याम्पसमा जीत हासिल गरेको बताए ।

भैरहवा बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति सागर न्यौपानेले विद्यार्थीको हकहितमा निरन्तर काम गरिरहेको अनेरास्ववियुलाई मुल्यांकन गर्दै विद्यार्थीले जिताएको बताए ।

नवनिर्वाचित स्ववियु सदस्य राजन गुप्ताले स्ववियु निर्वाचन नहुँदा समेत निरन्तर विद्यार्थीको पक्षमा काम गर्दै आएको अनेरास्ववियुले अझ रचनात्मक कार्य गर्ने बताए ।

एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, उपसचिव आनन्द न्यौपानेको स्वागत तथा सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित