३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रुपन्देहीको युनिक मेटलले बनायो व्याट्रीबाट चल्ने ई-रिक्सा

रुपन्देहीको मंगलापुरमा रहेको युनिक मेटल उद्योगले व्याट्रीबाट चल्ने ईरिक्सा बनाएको छ । युनिक मेटल उद्योगका सन्चालक अशोक बर्माले ईरिक्सा बनाउने अनुमती उद्योगले नपाउने पनि परिक्षणका रुपमा ईरिक्सा बनाएको बताए ।

हाल बजारमा भारत सहित तस्रो मुलुकबाट ईरिक्सा आयात हुँदै आएको छ । विदेशमा आयातित हुने ईरिक्साको सट्टा नेपालमै ईरिक्सा उत्पादन गर्ने योजना सहित आफुहरुले परिक्षणका रुपमा ईरिक्सा बनाएको बर्माले बताए ।

अन्य देशहरुबाट आयात गरिएका ई रिक्साहरु नेपाली बजारमा महंगो मुल्य तिरेर किन्नु पर्ने अवस्था अन्त्य हुने उनको भनाई छ ।
बर्माका अनुसार ई रिक्सामा प्रयोग हुने ब्याट्री र अन्य उपकरण भने भारतवाट ल्याईने र अन्य स्टील आवश्यक सामग्रीहरु नेपाली उत्पादन नै प्रयोग गरिने छ ।

युनिक मेटलले उत्पादन गरेको उक्त अटो रिक्सा हाललाई सामान ढुवानी गर्ने प्रयोजनाका हुने र बिस्तारै यात्रु बाहक समेत निर्माण गरिने सन्चालक बर्माले बताए ।

‘अहिलेलाई हामीले सामान ढुवानी गर्नका लागि सहज होस भनेर बनाएका छौं हामीले बनाएको रिक्साबाट १ टन समान ढुवानी गर्न सकिन्छ यसले औद्योगीक प्रयोजन, ग्रिल उद्योग र ढुवानी ब्यवसायीहरुलाई लोकल बजारमा माल पुर्याउन सहज हुन्छ’ बर्माले भने।

युनिक मेटल उद्योगका अनुसार उक्त रिक्सामा १२ भोल्टका ४ वटा ब्याट्री, ४८ भोल्ट तथा ५५ एम्पीयरको कन्ट्रोलर र १ हजार वाटको मोटर जडान गरिएको छ । भने उक्त अटो रिक्सा अधिकतम ३० किलोमिटर प्रतिघण्टाको गतिमा गुडन सक्ने बताईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित