लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रुपन्देहीको युनिक मेटलले बनायो व्याट्रीबाट चल्ने ई-रिक्सा

रुपन्देहीको मंगलापुरमा रहेको युनिक मेटल उद्योगले व्याट्रीबाट चल्ने ईरिक्सा बनाएको छ । युनिक मेटल उद्योगका सन्चालक अशोक बर्माले ईरिक्सा बनाउने अनुमती उद्योगले नपाउने पनि परिक्षणका रुपमा ईरिक्सा बनाएको बताए ।

हाल बजारमा भारत सहित तस्रो मुलुकबाट ईरिक्सा आयात हुँदै आएको छ । विदेशमा आयातित हुने ईरिक्साको सट्टा नेपालमै ईरिक्सा उत्पादन गर्ने योजना सहित आफुहरुले परिक्षणका रुपमा ईरिक्सा बनाएको बर्माले बताए ।

अन्य देशहरुबाट आयात गरिएका ई रिक्साहरु नेपाली बजारमा महंगो मुल्य तिरेर किन्नु पर्ने अवस्था अन्त्य हुने उनको भनाई छ ।
बर्माका अनुसार ई रिक्सामा प्रयोग हुने ब्याट्री र अन्य उपकरण भने भारतवाट ल्याईने र अन्य स्टील आवश्यक सामग्रीहरु नेपाली उत्पादन नै प्रयोग गरिने छ ।

युनिक मेटलले उत्पादन गरेको उक्त अटो रिक्सा हाललाई सामान ढुवानी गर्ने प्रयोजनाका हुने र बिस्तारै यात्रु बाहक समेत निर्माण गरिने सन्चालक बर्माले बताए ।

‘अहिलेलाई हामीले सामान ढुवानी गर्नका लागि सहज होस भनेर बनाएका छौं हामीले बनाएको रिक्साबाट १ टन समान ढुवानी गर्न सकिन्छ यसले औद्योगीक प्रयोजन, ग्रिल उद्योग र ढुवानी ब्यवसायीहरुलाई लोकल बजारमा माल पुर्याउन सहज हुन्छ’ बर्माले भने।

युनिक मेटल उद्योगका अनुसार उक्त रिक्सामा १२ भोल्टका ४ वटा ब्याट्री, ४८ भोल्ट तथा ५५ एम्पीयरको कन्ट्रोलर र १ हजार वाटको मोटर जडान गरिएको छ । भने उक्त अटो रिक्सा अधिकतम ३० किलोमिटर प्रतिघण्टाको गतिमा गुडन सक्ने बताईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित