कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लवलाई

बुटवल । बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि उचालेको हो । उपाधि उचाले संगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपाधि चुम्न नसकेको सुदुरपश्चिम ११ ले भने ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
त्यस अघि भएको खेलमा दुवै टिमबाट १÷१ गोल भएको थियो ।
५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लव लाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए । त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा भएको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ बर्ष देखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित