रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

पूर्व प्रधानमन्त्री ओलीद्धारा लुम्बिनी भ्रमण 

 

लुम्बिनी ।  पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले शनिबार गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्वागत गरे ।

ओलीले लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गरे । उनले मायदेवि मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरे ।  पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री ओलीले आफैले शिलान्यास गरेको अन्र्तराष्ट्रिय ध्यान केन्द्रको समेत निरीक्षण गरे । उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको समेत सहभागिता रहेको थियो । मुख्यमन्त्री गिरीलाई समेत कोषले स्वागत गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित