जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

कर्मचारीलाई तलव, पेन्सन दिन समेत अहिलेको राजश्वले पुगेको छैन, देश गम्भिर अवस्थामा छ– पौडेल

बुटवल ।पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र गम्भिर र जटिल स्थितीमा पुगेको बताएका छन् । पश्चिम नेपाल वस व्यवसायी प्रा.लिको तेस्रो साधारण सभामा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था गम्भिर बनेको र आन्तरिक राजश्वले कर्मचारीलाई तलव दिन नसक्ने अवस्थामा पुगेको बताए ।
‘अहिले साधरण खर्च राज्यको आन्तरिक खर्च बाट व्यवस्थापन गर्न कठिन छ । अहिलेको राजश्वले साधारण खर्च पनि धान्न सकेको छैन् । पेन्सन, कर्मचारीलाई तलव, सामाजिक सुरक्षा व्यवस्थापन समेत कठिन बनेको छ’ उनले भने ।
रुपन्देही क्षेत्र नं. २ का सांसद समेत रहेको पौडेलले विदेशी मुद्रा संचिती र रेमिटान्समा केही सुधार भएपनि अझै पनि राजश्व परिचालन हुन नसकेको बताए ।
साथै मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दी पछिकै निराशाजनक अवस्थामा रहेको बताए । गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले भनाई छ। ‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा पूरा नहुने मात्र होइन गत वर्षकोभन्दा पनि उल्लेख्य मात्रामा कम राजश्व संकलन भएको छ ।’–पौडेलले भने, यो अवस्था करिब ५० वर्षपहिले नेपालमा देखिएको थियो ।

वि.स. २०२८ सालको घटना स्मरण गराउँदै पौडेलले भने–‘उक्त वर्ष अघिल्लो वर्षको तुलनामा नगन्य मात्रामा कम राजश्व संकलन भएको थियो । ठिक सोही घटना ५० वर्षपछि चालु आर्थिक वर्षमा दोहोरिएको छ ।’ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले अहिलेको अवस्थामा तत्काल क्रिया प्रतिक्रिया गर्ने अवस्थामा नेपाल नभएको बताउँदे उनले मुलुकको आर्थिक संकट समाधानका लागि सबै दल एउटै प्लेटफर्ममा बसेर लाग्नु पर्नेमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित