दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

याद राख्नुस ! तिलोत्तमा नगरभित्र अनुमतिविना अब कुकुर पाल्न नपाइने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरभित्र कुकुर पालनका लागि अब अनिवर्या अनुमति लिनुपर्ने भएको छ । घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रुपमा अनुमतिपत्र लिन आग्रह गर्दै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो ।

समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो । नगरपालिकाले चैत्र ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रुपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो ।

नगरपालिकाको पशु दर्ता एम मार्फत अनुमती पत्र लिन सकिने सूचनामा जनाइएको छ । नगरपालिकाको वेव साइट www.tilottamamun.gov.np मा गएर पशुएम डाउनलोड गरी अनलाइनबाट नै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको छ ।

No description available.

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित