दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

पक्लिहवा कृषि क्याम्पस स्ववियू सभापतिमा नेविसंघका प्रविन वस्याल विजयी

रुपन्देहीको पक्लिहवा कृषि क्याम्पसमा भएको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल बिद्यार्थी संघ र अनेरास्ववियुको टीम विजयी भएको छ ।

सभापतिमा नेविसंघका प्रविन वस्याल वस्याल विजयी भएका छन् । पक्लिहवा कृषि क्याम्पसमा बुधबार मात्रै निर्वाचन भएको थियो । यहाँको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघवीच तालमेल भएको थियो ।

यस्तै सचिवमा अनेरास्ववियुका हरिकृष्ण पोखरेल, कोषाध्यक्षमा प्रविण बुढाथोकी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा अनेरास्ववियुका ३ जना र नेविसंघका २ जना विजयी भएका छन् ।

अनेरास्ववियुका तर्फबाट विबेक खनाल, उर्मिला क्षेत्री र आशुतोष अधिकारी निर्वाचित भए। नेविसंघको तर्फबाट प्रकृति घिमिरे र सुदिप शर्मा तिमिल्सिना विजयी भएको निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित