३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

झारफुकको बहानामा कुटपिटपछि मृत्यु प्रकरणमा मानव अधिकार तथा शान्ति समाजको चासो

बुटवल । मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गरी मृत्यु भएको घटनाबारे चासो देखाएको छ ।

Folliderm
समाजको टोली आज रुपन्देहीको सालझन्डी पुगेर दोषीलाई कारबाही गर्नुपर्ने र निर्दोष व्यक्तिलाई प्रहरीले दुःख दिन नहुनेमा ध्यानाकर्षण गराएको छ ।

समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय सालझन्डीमा पुगेर घटनाबारे जानकारी लिनुका साथै हिरासतमा रहेकाहरूसँग भेटघाटसमेत गरेको हो ।

फागुन २० गते राति सैनामैना–१० बस्ने २२ वर्षीय सोनिया रेग्मीले झारफुकको बहानमा कुटपिट गर्दा सोही ठाउँकी १४ वर्षीय बालिका सीता ज्ञवालीको मृत्यु भएको थियो ।

अनुगमनको पुगेको टोलीलाई इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक ईश्वरबहादुर थापा र प्रहरी सहायक निरीक्षक मधु मरासिनीले घटनाका बारेमा जानकारी गएका थिए ।

घटना रुढीवादी अन्धविश्वासको जगमा उत्पन्न भई भएको मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति खनालले बताए । उनले घटनामा संलग्नको वैज्ञानिक अनुसन्धान गरी कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएको बताए ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष खिमप्रसाद (कृष्ण), नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार लगायतले अन्धविश्वासका कारण यस्ता घटना भए पनि कानुनको नजरमा दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

त्यस्तै टोलीले सैनामैना नगरपालिका वडा न. १० का वडा अध्यक्ष कृष्ण प्रसाद भण्डारीसँग समेत घटनाबारे जानकारी लिएको थियो ।

प्रहरीले कुटपिट गर्ने झाँक्री सोनियासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित