बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

बुटवल पावर कम्पनीका संस्थापक अड हफ्टनको निधन

बुटवल पावर कम्पनीका संस्थापक इन्जिनियर तथा मिसिनरी अड हफ्टनको ९५ वर्षको उमेरमा निधन भएको छ।

उनी ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका उनले सन् १९५८ देखि १९६३ सम्म पाल्पा मिसन अस्पताल निर्माण गरेका थिए। तत्कालीन समयमा अस्पताल निर्माणको क्रममा नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभाव महसुस गरेका उनले बुटवलमा व्यावसायिक तालिम शिक्षालय (बुटवल टेक्निकल इन्स्टिच्युट) स्थापना गरेका थिए। यसको साथै उनले नेपालमा जलविद्युत् विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनका लागि सन् १९६५ मा बुटवल पावर कम्पनीको स्थापना गर्नुका साथै हिमाल हाइड्रो एण्ड जनरल कन्सट्रक्सन कम्पनी र नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको स्थापना गरेका छन्।

उनकै नेतृत्वमा बुटवल पावर कम्पनीले १०२४ किलोवाट तिनाउ,  ५.१ किलोवाट आँधिखोला, १२ किलोवाट झिमरुक जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भएको थियो भने ६० किलोवाट खिम्ती जलविद्युत् आयोजना निर्माणको अवधारणा पनि उनैले तयार पारेका थिए।

उनले नेपालमा रही सन् १९५८ देखि १९९५ सम्म ३७ वर्ष नेपालको विद्युत् विकासमा अतुलनीय योगदान दिई प्रशंसनीय कार्य गरेकाले तत्कालीन राजाबाट विभुषण एवं सम्मानहरू पाएका थिए। यसका साथै उनले हाइड्रो ल्यावको स्थापना गर्नुका साथै बुटवल पावर कम्पनीलाई निजीकरण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीले बताएको छ।। बुटवल क्षेत्रलाई विद्युतीकरण गरी औद्योगिक विकासको जग बसाल्नुको साथै उनको अगुवाइमा बुटवलले औद्योगिक विकासमा प्रगति गरेको कम्पनीले जनाएको छ। यही चैत्र १ गते निधन भएको उनको २७ डिसेम्बर १९२७ मा हलिङ्गदल भ्याली नर्वेमा भएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित