लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

नेपाल एयरलायन्स द्वारा भैरहवाबाट मलेसिया र नयाँ दिल्ली उडान गर्ने तयारी

भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अब मलेसिया र नयाँ दिल्लीमा उडान हुने भएको छ । राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगमले भैरहवा बाट उडानको तयारी गरे संगै अब मलेसिया र नयाँ दिल्लीमा उडान हुने भएको हो । भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको दुई उडान गर्ने गरि तयारी वायुसेवा निगमले गरेको छ ।

बैशाख तेस्रो साता भित्र उडान सुरु गर्ने योजना उसको रहेको छ। उडानका लागि निगमले यहि हप्ता उडान तालिका सार्बजनिक गर्ने बताइएको छ ।
यस अघिनै निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको भएपनि अहिले सम्म उडान भने गर्न सकेको छैन् ।

निगमले काठमाडौंबाट मलेसियाको क्वालाम्पुर,क्वालाम्पुरबाट गौतमबुद्ध र त्यहाँबाट नयाँ दिल्ली उडान गर्ने तयारी छ। भैरहवाबाट मलेसियाका लागि सिधा उडान हुँदा यात्रुहरुको कमि देखिएकाले अहिलेलाइ काठमाडौंबाट उडान गर्ने र मलेसियाबाट भैरहवा एकतर्फी उडान गर्ने तयारी निगमको छ। मलेसिया बाट भैरहवा आउने निगमको जहाज भैरहवा बाटै दिल्ली र दिल्ली बाट काठमाडौ उडान भर्ने तयारी निगमको छ ।

हाल निगम सँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज रहेको छ।

हाल गौतमबुद्धबाट जजिरा एयरलाइन्सले मात्र कुबेतमा उडान गर्दै आएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सन्चालन भएको केही समयपछि हिमालय एयरलाइन्सले भैरहवा बाट मलेसियामा चार्टर्ड उडान गरे पनि प्राबिधिक कारणले भन्दै उडान स्थगित गरेको करिब ३ महिना भएको छ । जजिराले पनि मौसम खराबी भन्दै रोकेको उडान फागुन अन्तिम बाट पुन सुरु गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित