आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै बिजयी

देवदह आदर्श बहुमुखी क्याम्पस रुपन्देहीको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अध्यक्ष अर्जुन गैरेको नेतृत्वमा अखिलको प्यानल नै विजयी भएको हो ।

देवदह आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि ३ जना प्रतिष्पर्धामा थिए । नेपाल विद्यार्थी संघ र एकीकृत समाजवादी निकट अनेरास्ववियु संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट नेवि संघका माधव भट्टराईले उम्मेदवारी दिएका थिए ।

त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु सभापतिका लागि धनी कुमारी पन्थीलाई उठाएको थियो । तर दुवै उम्मेदवारलाई पछि पार्दै गैरेले बाजी मारेका हुन् ।

त्यस्तै कोषाध्यक्षमा सोबराज जैसी, सचिवमा गौराब ज्ञवाली, सदस्यहरुमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरि विजयी भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित