बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

तिलोत्तमा गोल्डकप अपडेटः सुदुरपश्चिम ११ तीन गोलले अगाडि

बुटवलको एन्फा टेक्निकल सेन्टरमा २२ औं संस्करणको तिलोत्तमा गोल्डकप अहिले जारी छ । उद्घाटन खेलमा अहिले रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा चलिरहेको छ । अहिले सम्मको नतिजा ३–० छ । अहिले खेलको दोस्रो हाफ चलिरहेको छ । हाल सम्म सुदरपश्चिम ११ले ३ गोल गरेको छ । सुदुरपश्चिम ११ का लागि फार्गुराम थारुले २ गतेल गरेका छन भने सोम्य हार्दिकले एक गोल गरेका छन् । रुपन्देही ११ ले भने अहिले सम्म गोल गर्न सकेको छैनन् ।

दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका रुपन्देही जिल्ला फुटबल संघ अध्यक्ष लोक पुनले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । तस्वीरः गोल नेपाल डटकम

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित