लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

तिलोत्तमा भएको रोजगार सूचना मेला सकियो (तस्वीरहरु)

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा शनिबार वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेला सम्पन्न भएको छ । रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा रोजगार तथा रोजगार दाता कम्पनीहरुका ४० स्टल रहेका थिए ।
मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले रोजगार मेलामा १ हजार भन्दा बढिको सहभागिता रहेको बताए ।
तिलोत्तमाको रामजानकी मन्दिर परिसर भएको मेलाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले उद्घाटन गरे । सो अवसरमा उनले यो मेलालाई आगामी दिनमा व्यवस्थित बनाउंदै अझै प्रभावकारी बनाउने बताए । उनले मेलाको माध्यमबाट नगरपालिका भित्र बरोजगारीको अवस्था र योग्यता बारे पनि थाहा हुने बताए ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले मेलामा सहभागि भएकाहरुलाई विभिन्न कम्पनीले सिधै रोजगारका लागि प्रस्ताव गरी कतिपयलाई सम्झौता समेत गरेको बताए ।
इन्स्योर परियोजनाको सहयोगमा नगरपालिकाले आयोजना गरेको सो रोजगार मेलामा रोजगार सम्बन्धि बिज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनि, उद्योग कलकारखानाका संचालक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित