भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनीका प्रदेश सांसदहरुको शैक्षिक योग्यता कति ?

यो प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको शैक्षिक योग्यताको विवरण हो ।

२ जना एसएलसी अनुत्तीर्ण, ४ जनाले खुलाएनन् शैक्षिक योग्यता
निर्वाचन आयोगको विवरणअनुसार बर्दिया १ (२) बाट निर्वाचित राजकुमार चौधरी र पश्चिम नवलपरासी २ (१) बाट निर्वाचित देवकरणप्रसाद कलबारको शैक्षिक योग्यता अण्डर एसएलसी छ । रुकुमपूर्व (१) का सुरुल पुन, बाँके १ (२) का दुर्गाप्रसाद चौधरी र गुल्मी २ (१) का डिल्लीराम भुसालले आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् ।

एसएलसी उत्तीर्ण सांसदहरु
गुल्मी क्षेत्र नं १ (१) बाट निर्वाचित चिन्तामणि पाण्डे, पाल्पा १ (१) का राजुप्रसाद श्रेष्ठ, पाल्पा २ (२) का तुलाराम घर्तीमगर, रुपन्देही ३ (२) का तुल्सीप्रसाद चौधरी, कपिलवस्तु २ (१) का नवराज लामिछाने, दाङ १ (१) का इन्द्रजीत थारु, २ (२) का अनुराग खड्का, बर्दिया १ (१) का भुवनेश्वर चौधरी, रुकुम पूर्व (२) का धनबहादुर केसी, रोल्पा (२) का दीपेन्द्र पुन मगर, कपिलवस्तु १ (२) का मधुसुदन शरण चौधरी र प्यूठान (१) बाट निर्वाचित सांसद तुल्सीराम शर्माले एसएलसी पास गरेका छन् ।

प्लस टु पास सांसदहरु
अर्घाखाँची (२) का रामजी घिमिरे, पाल्पा २ (१) का वीरबहादुर राना, रुपन्देही १ (१) का आशिषकुमार चौधरी, रुपन्देही २ (१) का लीला गिरी, दाङ ३ (२) का धनबहादुर मास्की, रुपन्देही ४ (२) का वसिउद्दिन खाँ, रुपन्देही ५ (२) का चन्द्रकेश गुप्ता, बाँके १ (१) का कृष्णा केसी, बाँके २ (१) का भण्डारीलाल अहिर, बाँके ३ (२) का बादशाह कुर्मी, गुल्मी १ (२) का धनेन्द्र कार्की र नवलपरासी २ (२) का वैजनाथ कवलवारले प्लस टु पास गरेको आयोगको विवरणमा उल्लेख छ ।

यी हुन् स्नातक उत्तीर्ण सांसद
अर्घाखाँची (१) का चेतनारायण आचार्य, गुल्मी २ (२) का दिनेश पन्थी, रुपन्देही २ (२) का भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३ (१) का सन्तोषकुमार पाण्डेय, रुपन्देही ५ (१) का भूमिश्वर ढकाल, रुपन्देही १ (२) का अब्दुल रज्जाक, कपिलवस्तु ३ (२) का जानकीप्रसाद यादव, दाङ २ (१) का राजु खनाल, दाङ ३ (१) का डिल्लीबहादुर चौधरी, बाँके २ (२) का आदेशकुमार अग्रवाल, बर्दिया २ (१) का जन्मजय तिमिल्सिना, प्यूठान (२) का सरोज थापा, रोल्पा (१) का जोखबहादुर महरा, पश्चिम नवलपरासी १ (१) का विश्वप्रेम पाठक, २ (२) का खड्क बस्नेतले स्नातक तह पास गरेका छन् ।

स्नातकोत्तर उत्तीर्ण सात सांसद
कपिलवस्तु १ (१) का विष्णुप्रसाद पन्थी, कपिलवस्तु २ (२) का सुधाकर पाण्डेय, दाङ २ (२) का प्रचण्डविक्रम न्यौपाने, कपिलवस्तु ३ (१) का अर्जुनकुमार केसी, पाल्पा १ (२) का खेमबहादुर सारु, रुपन्देही ४ (१) का कन्हैया बनियाँ, बर्दिया १ (१) का धर्मबहादुर चौधरी, र बाँके ३ (२) बाट निर्वाचित रत्नबहादुर खत्रीले मात्रै स्नातकोत्तर पास गरेका छन् ।

प्रदेशसभामा दोहोरिएर निर्वाचित सांसद विष्णु पन्थी मन्त्रालय र विषयगत समितिमा सांसदको अध्ययन र विज्ञताको आधारमा जिम्मेवारी दिए बढी प्रभावकारी हुने बताउँछन् ।

‘मन्त्री त्यो विषयमा कति जानेको छ भन्ने कर्मचारीको विशेष चासो हुन्छ, जानकार नभएको व्यक्तिले जिम्मेवारी पाउँदा कर्मचारीले घुमाउने र आफ्नो इन्ट्रेस्टको काममात्रै गर्ने बानी बसेको छ’, उनले भने, ‘अर्कोतिर जिम्मेवारीमा बस्नेमा दक्षता भएन भने कार्यसम्पादनभन्दा बढी आलोचना हुन्छ । सबै दलले यो विषयमा गम्भीर हुनुपर्दछ ।’

पहिले राजनीतिमा यी सबै विषयमा त्यति चासो नदिइने उनको भनाइ छ । ‘अहिले प्रविधिको विकासमा अपडेट हुन सकिएन र नयाँ पिँढीसँग मिलेर काम गर्न सकिएन भने काम देखाउनै सकिँदैन’, पन्थीले थपे ।

अधिवक्ता विष्णुप्रसाद पौडेल भागबन्डाका आधारमा पूर्ण क्षमता नभएका व्यक्तिहरुलाई मन्त्रालय तथा अन्य जिम्मेवारी दिँदा नै प्रदेशकाे बढी आलोचना भएको बताउँछन् । ‘सबै विज्ञलाई मात्रै यस्ता जिम्मेवारी दिएर पनि पार लाग्दैन, यसमा ६० र ४० हुनुपर्दछ । जुन विभागको जिम्मेवारी हो, त्यसमा उसको आधारभूत ज्ञान हुनुपर्दछ’, उनले भने, ‘भागबन्डाका आधारमा दिइने जिम्मेवारीले प्रभावकारी काम भएन । असक्षमहरुलाई जिम्मेवारी दिँदा प्रदेशकै बढी आलोचना भएको हो, इच्छाशक्ति भएका व्यक्तिहरु हुनुपर्दछ ।’नेपाल प्रेसबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित