जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

चिनियाँ धर्मगुरु सहितको टोली द्वारा लुम्बिनी भ्रमण

लुम्बिनी। लुम्बिनी विकास कोषले चिनियाँ धर्म गुरु सहितको टोलीलाई शुक्रबार लुम्बिनीमा स्वागत गरेको छ ।  इन्टरनेश्नल बुद्धिष्ट सेन्टरको नेतृत्वमा बुुद्धजन्मस्थल आएको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराईले शान्तिदीपमा स्वागत गरेका हुन । बुद्धिष्ट सेन्टरका अन्र्तराष्ट्रिय अध्यक्ष स्टेवार्ड, चिनका धर्मगुरु छ्याङ पिङ सहितको ४० जनाको टोलीले लुम्बिनी भ्रमण गरेका हुन् ।

भ्रमणमा आएकाहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारि सदस्य राजेश शाक्य, नेत्रबहादुर शाही, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले समेत खादा ओढाएर स्वागत गरेका थिए ।
उक्त अवसरमा कोषका जनसम्पर्क अधिकृत राईले बुद्धजन्मस्थलकाे पुरातात्विक महत्व र ऐतिहासिक प्रमाणबारे जानकारी गराए । टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए ।
उक्त अवसरमा भिक्षुहरुले समेत बुुद्धजन्मस्थल आएका चिनियाँ धर्म गुुरु सहितको तीर्थयात्रीहरुको  स्वागत गर्दै बन्दना गरेका थिए । इन्टरनेश्नल बुद्धिष्ट सेन्टरले कपिलबस्तुमा विश्वकै अग्लो बुद्धको प्रतिमा बनाउने अभियान अन्र्गत उक्त टोलीले लुम्बिनी भ्रमण गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित