दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

चिनियाँ धर्मगुरु सहितको टोली द्वारा लुम्बिनी भ्रमण

लुम्बिनी। लुम्बिनी विकास कोषले चिनियाँ धर्म गुरु सहितको टोलीलाई शुक्रबार लुम्बिनीमा स्वागत गरेको छ ।  इन्टरनेश्नल बुद्धिष्ट सेन्टरको नेतृत्वमा बुुद्धजन्मस्थल आएको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराईले शान्तिदीपमा स्वागत गरेका हुन । बुद्धिष्ट सेन्टरका अन्र्तराष्ट्रिय अध्यक्ष स्टेवार्ड, चिनका धर्मगुरु छ्याङ पिङ सहितको ४० जनाको टोलीले लुम्बिनी भ्रमण गरेका हुन् ।

भ्रमणमा आएकाहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारि सदस्य राजेश शाक्य, नेत्रबहादुर शाही, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले समेत खादा ओढाएर स्वागत गरेका थिए ।
उक्त अवसरमा कोषका जनसम्पर्क अधिकृत राईले बुद्धजन्मस्थलकाे पुरातात्विक महत्व र ऐतिहासिक प्रमाणबारे जानकारी गराए । टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए ।
उक्त अवसरमा भिक्षुहरुले समेत बुुद्धजन्मस्थल आएका चिनियाँ धर्म गुुरु सहितको तीर्थयात्रीहरुको  स्वागत गर्दै बन्दना गरेका थिए । इन्टरनेश्नल बुद्धिष्ट सेन्टरले कपिलबस्तुमा विश्वकै अग्लो बुद्धको प्रतिमा बनाउने अभियान अन्र्गत उक्त टोलीले लुम्बिनी भ्रमण गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित