लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तममा चैत ४ गते करिअर गाइडेन्स तथा रोजगार सुचना मेला हुने

बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा यहि चैत्र ४ गते हुन लागेको वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा सहभागी हुन नगरपालिकाले सबै युवा बिद्यार्थीहरुमा आग्रह गरेको छ। रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुको लागि भनेर आयोजना गरिएको १ दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा रोजगार तथा रोजगार दाता कम्पनीहरुको ४० स्टल रहने मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए। तिलोत्तमाको रामजानकी मन्दिर परिसर मंगलापुरमा हुने सो मेलामा नगरपालिका भित्रका र अन्य पालिका बाट आएका करिव १५ सय बिद्यार्थी सहभागी हुने लक्ष्य राखिएको छ। मेलामा सहभागी हुन ईच्छुक युवायुवतीलेले नागरिकता,फोटो, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी समेत ल्याउनुपर्ने सह संयोजक तथा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए।


नगरपालिकामा आज पत्रकार सम्मेलन गर्दै वृत्ति मार्ग (करियर गाइडेन्स) निर्देशन तथा रोजगार सुचना मेला तिलोत्तमाका युवाहरुलाई अवसर रहेको र यो अवसरको भरपुर सदुपयोग गर्न नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सुझाए।नगरपालिका युवाहरुको माग अनुसार
विभिन्न क्षेत्रमा अघि बढेको जानकारी गराउंदै रोजगारीको अवसर र तालिमका लागि यो मेलाले ठुलो योगदान गर्ने नगरप्रमुख खाणले बताए ।
इन्स्योर परियोजनाको सहयोगमा नगरपालिकाले आयोजना गरेको सो रोजगार मेलामा रोजगार सम्बन्धि बिज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनि, उद्योग कलकारखानाका संचालक तथा प्रतिनिधीहरुको बाहुक्य उपस्थिति रहने छ। पत्रकार सम्मेलनमा उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, बालमैत्री शाखा प्रमुख शारदा भट्टराई, शिक्षा शाखाकि रमा आचार्य, रोजगार सहायक बिकास न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित