जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

सियारीमा ९५ प्रतिशत योजना सम्झौता, ६० योजना सम्पन्न

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले ९५ प्रतिशत योजनाको सम्झौता गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित गरेका योजना मध्ये ९५ प्र्रतिशत योजनाको सम्झौता गरी कामको शुरुवात गरिसकेको जनाएको छ ।
सम्झौता भएका १७८ योजना मध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए । सियारीले सडक, नाली, कल्भट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माण लगाएतका पुर्वाधार निर्माणका काम तिव्र रुपमा अगाडि बढेको योजना शाखा प्रमुख पुरीले जानकारी दिए ।
उनले असार मसान्त भित्रै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम भईरहेको उल्लेख गर्दै सम्पन्न भएका योजनाको भुत्तानी दिने काम पनि भईरहेको जानकारी दिए ।
गाउँपालिकाले पालिका भित्र शुरु भएका बिकास निर्माणका कामको अनुगमनलाई पनि तिव्रता दिएको छ । पालिकाले बिभिन्न उपभोक्ता समुह तथा ठेक्का सम्झौता मार्फत निर्माण वयवसायिले शुरु गरेका बिकास निर्माणका कामको गुणस्तर तथा कामको प्रगतीबारे बुझ्नका लागि अनुगमनलाई तिव्रता दिईएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिईन ।
उनले गाउँपालिकाले शुरु गरेको योजनाको भुत्तानी गर्नु पुर्व सबै योजनाको अनुगमन गर्ने गरिएको बताउदै समयमै काम नगर्ने तथा गुणस्तरहिन काम गर्ने उपभोत्ता समिति तथा निर्माण व्यवसायिको कुनै पनि रकम भुक्तानी नहुने बताईन ।
उपाध्यक्ष थारुको संयोजकत्वमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, सम्बन्धीत बडाका जनप्रतिनिधि लगाएतले निर्माणधिन योजनाको अनुगमन गर्ने गरेका छन् । सियारीमा गाउँपालिका स्तरका १० करोड ७१ लाख ६९ हजार बराबरका तथा वडा स्तरमा ७ करोड २१ लाख बराबरका योजना निर्माणको चरणमा रहेका छन् ।
सियारीले सडक निर्माण, कुलो निर्माण, बाध निर्माण, भवन तथा आवास नर्माण, बिद्यालयका भवन निर्माण लगाएतका कामलाई प्राथमिकतामा राखेको जनाएको छ । काम भईरहेका योजना मध्ये ३३ वटा योजनाको पेश्की निकासा भईसकेको तथा ६ वटाको रनिङ वील अगाडि बढेको जनाईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित