प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

छानबिन समितिको निष्कर्षः बुटवलका तत्कालिन डिएसपी ठगबहादुर केसीले बदनियत राखेर सुन आफैंले राखे

बुटवल । व्यापारी संग बाट सुन नियन्त्रणमा ल्याइ आफै राख्दा निवास बाट सुन सहित पक्राउ परेका बुटवल ईलाका प्रहरी कार्यालयका तत्कालिन डिएसपी ठगबहादुर केसीले बदनियत अनुसार नै सुन आफैले राखेको खुलेको छ ।
साथै उनले नियन्त्रणमा लिएको सुन रितपुर्वक बरामद समेत नगरेको प्रहरीको छानविन बाट खुलेको छ ।
व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैले राखेको सूचना पाएपछि ११ पुसमा डिएसपी ठग बहादुर केसीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले निवासबाटै सुन सहित पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई निलम्बन गरी छानविन समिति मार्फत अनुसन्धान गरिएको थियो । उक्त छानविन समितिले डिएसपी ठगबहादुर केसीले सुन व्यापारीसंग रितपुर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैले लिन खोजेको निष्कर्ष निकालेको छ ।
साथै केसीबारे छानबिन गर्न गठित समितिले छानबिन पुरा गरि प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहलाई प्रतिवेदन समेत बुझाएको छ । छानबिन समितिले सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि केसीले बद्नियत राखेको उल्ल्ेख छ । साथै उनले सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपी केसीले आफ्नो पदीय दायित्व पुरा गरेको नदेखिएको उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरिक्षक पोषराज पोखरेलले समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको बताए ।
गत मंसिरमा बुटवलका सुन व्यापारी किसन बिकको साथबाट ३६ तोला ३२ लाल सुन बरामद गरेपनि केसीले सुनको वैध वा अवैध के हो भन्नेबारे छानविनका लागि मुद्धा नचलाई आफैले राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले केसीलाई निवासबाटै पक्राउ गरेको थियो । सिआईबीको टोलीले विकसंग बरामद गरेको सुन फिर्ता गर्न केसीले लिएको ८ लाख ५० हजार नगद रुपैयां र ९ लाख ५० हजार रुपैयांको चेकसमेत केसीको निवासबाट बरामद गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित