
रूपन्देही । नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले भैरहवा बहुमुखी क्याम्पसमा गठबन्धन अस्विकार गर्दै एक्लै चुनावमा भिड्ने भएको छ । आउदो चैत ५ गते हुने स्ववियू निर्वाचनमा अजय भण्डारीको नेतृत्वमा चुनाव लड्ने भएको हो । आफ्नै शक्तिमा निर्वाचन लड्ने गरि तयारीमा जुटेको अनेरास्ववियू रुपन्देहीका अध्यक्ष छवि भट्टराईले बताए । उनले सत्ता गठबन्धन निकटका विद्यार्थी संगठन, एमाले निकटको अनेरास्ववियु र स्वतन्त्र समेतले गठबन्धनका लागि प्रस्ताव गरेपनि आफुहरुले अस्विकार गरेको बताए ।
रुपन्देहीको पूरानो क्याम्पस भैरहवा बहुमुखी क्याम्पसमा नेतृत्व हुत्याउने तयारीका साथ चुनावमा जुटेको उनको दावी छ । अध्यक्षमा अजय भण्डारी, सचिवमा साहित एमत, कोषाध्यक्षमा शिव हरिजन, सदस्यमा बासुदेव यादव, विन्दु सुवेदी चुनावी मैदानमा उत्रेका छन । देशभरिका सम्पूर्ण प्रगतिशिल, जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट हौऔं भन्ने नाराका साथ यो पटक स्ववियू निर्वाचनमा होमिएको छ । रुपन्देहीमा अन्य क्याम्पसमा भने गठबन्धन गरेको अध्यक्ष भट्टराईले बताए ।