लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रेस चौतारी रुपन्देहीको कल्याणकारी कोष सञ्चालक समिति संयोजकमा केसी

बुटवल । प्रेस चौतारी रुपन्देहीले स्थापना गरेको कल्याणकारी कोष सञ्चालनका लागि संगठनका पूर्व अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा सञ्चालक समिति गठन गरेको छ । कोष सञ्चालनका लागि कार्यदलले तयार पारेको कार्यविधि आइतबारको विस्तारिक बैठकमा अनुमोदन गर्दै सञ्चालक समिति गठन गरेको हो ।

प्रेस चौतारी सम्वद्ध सञ्चारकर्मीहरुको पेशागत सुरक्षाका लागि स्थापना गरिएको कोष सञ्चालनका लागि गठन गरिएको सञ्चालक समितिको सदस्य सचिवका रुपमा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल रहेका छन् । यसैगरी निर्वतमान अध्यक्ष अमृत गिरी, संगठनका जिल्ला उपाध्यक्ष भगवती पाण्डे र कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ सदस्य रहेका छन् ।
बैठकलाई संबोधन गर्दै प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश विभागका इन्चार्ज मोहन चापागाईंले संगठनलाई चुस्त, दुरुस्त र बलियो बनाउने गरी अघि बढ्न र पत्रकारहरुलाई क्रियाशिल बनाउने गरी योजनाका साथ लाग्न आग्रह गरे ।

बैठकमा प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर केसी, दिनेश पाण्डे, संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अमृत गिरी लगायतले बोल्दै पत्रकारिता पेशालाई निस्पक्ष भएर अगाडी बढाउन सदस्यहरुलाई आग्रह गरेका थिए ।

बैठकले प्रेस चौतारी नेपाल रुपन्देहीको साधारणसभा आगामी चैत १५ गतेभित्र गर्ने, त्यसअगाडि नै विभिन्न पालिकामा पालिका कमिटी बनाउने र एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत प्रेस चौतारीका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित