
वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अर्जुन पौडेलले रुपन्देहीको शान्ति सुरक्षा कायम र चोरी चकारी नियन्त्रण गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
बुटवलमा आज पत्रकारसंगको भेटघाटमा बोल्दै उनले उनले आफ्नो जीवनको तेस्रो पोष्टीङ वडा प्रहरी कार्यालय बुटवलमा भएको बताए । उनले आफुले नयाँ योजनाका साथमा समाजलाइ शान्ति सुरक्षा दिने समेत बताए । प्रहरीले कुनै पनि सर्तमा अपराधिलाइ संरक्षण गर्न नसक्ने उनको भनाइ छ ।
प्रहरी कार्यालय मातहतका प्रहरी कर्मचारीहरुलाई चुस्त दुरुस्त राख्न र जनताको सेवालाई छिटो छरितो बनाउन उनले निर्देशन समेत दिए । उनी यसअघि सल्यान र अर्घाखाँची जिल्ला प्रहरीमा कार्यरत रहेका थिए ।