३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा हिरामणी भट्टराई पुनः निर्वाचित

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट अध्यक्षमा हिरामणी भट्टराई पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशन अन्तरगत आगामी कार्यकालको नयाँ नेतृत्व चयनका लागि तय भएको निर्वाचन कार्यक्रम अनुसार बुधवार उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको थियो । निर्वाचन समितिका संयोजन अधिवक्ता यमलाल खनालका अनुसार निर्वाचन कार्य तालिका अन्तरगत सबै पदमा एकल उम्मेदवारी परेका कारण नया कार्य समिति निर्विरोध निर्वाचित भएको बताए ।
खनालका अनुसार संघको अध्यक्षमा हिरामणी भट्टराई, उपाध्यक्षमा उपेन्द्र अग्रवाल, महासचिवमा प्रज्वल थान्जु, कोषाध्यक्षमा कमल ज्ञवाली, सचिवमा राम प्रसाद ज्ञवाली तथा सदस्यहरुमा यादव प्रसाद भण्डारी, कोसलराज भण्डरी, सुमन अस्याल र विनोदराज न्यौपाने निर्वाचित भएका छन् ।
नवनिर्वाचित नया कार्य समितिलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रमाण वितरण गरे । बुटवल औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरु सदस्य रहने संघमा ५७ उद्योग आवद्ध रहेका छन् । संघले औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको संरक्षण र त्यहा आउने समस्याहरुका बारेमा काम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित