रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

कान दुखेर झारफुक गर्न ‘माता’ कहाँ लग्दा…

झारफुकको बहानामा रूपन्देहीमा एक किशोरीको ज्यान गएको छ। रूपन्देहीको सैनामैनामा बिरामी भएकी किशोरीलाई निको बनाउने भन्दै झारफुक गर्ने बहानामा चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सैनामैनाका अनुसार मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवाली रहेकी छन्।

माता भन्ने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले शनिबार राति झारफुक गर्ने भन्दै चरम यातना दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रेश्मीले किशोरीलाई झारफुक गरी सन्चो बनाउँछु भन्दै भुइँमा लडाएर घोप्टो पारी शरीरमाथि बसेर हातमा घन्टी बजाउँदै गालामा थप्पड हान्ने गरेकी थिइन्। त्यस्तै रूद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाक र मुखमा पानी खन्याउने, कपाल समाएर टाउको बटार्ने, कपाल समाएर अनुहारमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

भिडिओ सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा किशोरीको मृत्यु भएको र दाहसंस्कार समेत गरेको पाएको हो।

प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार ४/५ दिनदेखि कान दुखेर बिरामी परेकी सीतालाई परिवारले माता भन्ने सोनियासँग झारफुकका लागि लगेका थिए।

झारफुकको बहानामा चरम कुटपिट गरिएकै कारण उनको मृत्यु भएपछि परिवारले शनिबार राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरेका थिए।

प्रहरीले घटनामा प्रत्यक्ष संलग्न सोनिया रेश्मीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित