जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

तिलोत्तमा नगरपालिकाको नियमित सरसफाई अभियानको १०० औं संस्करण चैत १ गते हुँदै

• शुसिला पोखरेल

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले
समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं संस्करण सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १ सयौं दिनको संस्करणलाई एक साता अघिदेखि नै फागुन २५ गतेदेखि सप्ताह मनाउने भएको हो ।

सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौं दिनको संस्कर मनाउँन लागेको तिलोत्तमाले  बुधबार पत्रकारसँग अन्तरक्रिया गर्दै कार्यक्रम बारे जानकारी गराएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता,
२७ गते नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । यसैगरी फागुन २८ गते सामुदायिक/संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसलाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण
र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उनले बताए ।

शृङ्खलाको १ सयौं दिन चैत्र १ गते मुल समारोहसहित भव्यताकासाथ कार्यक्रम गरिने तिलोत्तमाकी उप प्रमुख जगेश्वर देवी चौधरीले बताइन् । मुल समारोहमा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी वयक्तिहरुलाई सम्मान गरिने भएको छ । सोही दिननै तिलोत्तमालाई नो हर्न नगर घोषणा गरिने र नगरमा कुहिने र नकुहिने फोहोर अलग-अलग उठाउने कार्यक्रमको सुरुवात गरिने चौधरीले जानकारी दिइन् ।

तिलोत्तमाका १९९ टोल बिकास संस्था मार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको सयौं दिनको शृङ्खला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको उनले बताए । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ ।

बुधबार आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले सचेतना सम्बन्धि प्रचार प्रसारलाई थप वृहत र व्यवस्थित गराउन सुझाब दिए । यसैगरी छिमेकी पालिकाहरुसँग पनि समन्वय गरि अघि बढ्न सके अभियानले सार्थकता पाउने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित