३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

तिलोत्तमा नगरपालिकाको नियमित सरसफाई अभियानको १०० औं संस्करण चैत १ गते हुँदै

• शुसिला पोखरेल

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले
समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १०० औं संस्करण सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ । आगामी चैत्र १ गते पूरा हुने १ सयौं दिनको संस्करणलाई एक साता अघिदेखि नै फागुन २५ गतेदेखि सप्ताह मनाउने भएको हो ।

सप्ताहव्यापी कार्यक्रमसहित अभियानको सयौं दिनको संस्कर मनाउँन लागेको तिलोत्तमाले  बुधबार पत्रकारसँग अन्तरक्रिया गर्दै कार्यक्रम बारे जानकारी गराएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता,
२७ गते नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । यसैगरी फागुन २८ गते सामुदायिक/संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसलाई, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्टविन वितरण
र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उनले बताए ।

शृङ्खलाको १ सयौं दिन चैत्र १ गते मुल समारोहसहित भव्यताकासाथ कार्यक्रम गरिने तिलोत्तमाकी उप प्रमुख जगेश्वर देवी चौधरीले बताइन् । मुल समारोहमा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी वयक्तिहरुलाई सम्मान गरिने भएको छ । सोही दिननै तिलोत्तमालाई नो हर्न नगर घोषणा गरिने र नगरमा कुहिने र नकुहिने फोहोर अलग-अलग उठाउने कार्यक्रमको सुरुवात गरिने चौधरीले जानकारी दिइन् ।

तिलोत्तमाका १९९ टोल बिकास संस्था मार्फत हरियाली प्रवर्द्धन तथा सफाई अभियान सञ्चालन गरिएको सयौं दिनको शृङ्खला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको उनले बताए । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ ।

बुधबार आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले सचेतना सम्बन्धि प्रचार प्रसारलाई थप वृहत र व्यवस्थित गराउन सुझाब दिए । यसैगरी छिमेकी पालिकाहरुसँग पनि समन्वय गरि अघि बढ्न सके अभियानले सार्थकता पाउने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित