३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

भोली देखि जजिरा एयरवेजले भैरहवाबाट पुनः उडान गर्दै, यस्तो छ उडान तालिका !

बुटवल । जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भोली फागुन २५ गतेदेखि उडान सुचारु गर्दैछ ।
साथै एयरवेजले उडानको तालिका समेत सार्वजनिक गरेको छ । जजिरा एयरवेजले भोली देखि भैरहवाबाट सातामा तीन वटा उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
जस अनुसार भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयांको एकतर्फी भाडा कायम गरेको छ ।

उडान तालिका

नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिवद्धता अनुसार मध्यपूर्वमा पुनः सिधा उडान गर्न लागिएको हो । यसबाट भारतीय नागरिकका बीचमा लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थल र आध्यात्मिक गन्तव्यका रुपमा प्रवर्द्धन हुने उनको भनाइ छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित