
बुटवल । कोरियाका संघिय सांसद तथा कोरिया–नेपाल संसदिय समितिका अध्यक्ष लि साङ हन ले नेपालमा कोरिया सरकार नेपाल संग सधै सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले कोरिया नेपाल बीचको सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै कोरियाले नेपाललाई कृषि, उद्योग, पर्यटनको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए ।
मंगलबार तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै हनले नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु कोरिया गएर नेपाली सिपलाई प्रदर्शन गरेको समेत बताए । उनले तिलोत्तमा उद्योग बाणिज्य संघ, तिलोत्तमा नगरपालिका संग पनि सहकार्य गर्न ईच्छुक रहेको समेत सो अवसरमा बताए । नेपाल दुई विशाल राष्ट्रको बीचमा रहेकाले धेरै सम्भावना रहेको भन्दै सम्भावनालाई पहिल्याउँदै विकास गर्न सके नेपालले आर्थिक र पुर्वधार विकासमा छिट्टै फड्र्को मार्ने उनको भनाई थियो । कोरिया देश पनि धेरै मेहनतले अहिले विश्वमा उत्कृष्ट भएको उल्लेख गर्दै नेपालको विकासका लागि आम नागरिक पनि उत्तिकै जिम्मेवारी हुनुपर्ने उनले बताए ।
होली मिलन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले कोरियाले तिलोत्तमा नगरपालिका भित्र सहकार्य गर्न तयार रहे आफुहरुको साथ रहने बताए । उनले अहिले मौसमी कामदार कोरियामा गइरहेको भन्दै नेपालबाट गएका नेपालीहरु तोकेको काम र समयमा भन्दा बढि कोरियामा बस्दा केही समस्या उत्पन्न भएको समेत बताए । साथै उनले होली पर्वले हामी नेपालीहरु बीचमा एकता र भाईचारको विकास गरेको बताए । संघका अध्यक्ष गुणानिधी तिवारी (माधव)ले होली नेपालीहरुको मौलिक पर्व रहेकोले यसलाई जर्गेन ागर्ने उद्देश्यले नै होली मिलन कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा संघका सल्लाहकार पशुपती घिमिरेले रंगको पर्व होलीले सवै नेपालीमा उमंग छर्ने विश्वास व्यक्त गरे ।
उनले होलीका नाममा हुन सक्ने विकृती रोक्न हामी सवै लाग्नुपर्ने समेत बताए । कार्यक्रम संघका अध्यक्ष गुणानिधी भण्डारी (माधव)को अध्यक्षता तथा महासचिव राजकुमार पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।