जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

तिलोत्तमाको सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई चुस्त दुरुस्त पार्ने उदेश्यले बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ। बैंकिंग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रिया सम्बन्धी सामाजिक सुरक्षा भत्ता बितरण गरिरहेका तिलोत्तमा नगरपालिका भित्र रहेका सामाजिक सुरक्षामा संलग्न ११ वटा बैंकका प्रतिनिधीहरुसंग आज नगरपालिका सभाहल कुञ्जलापुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। तालिमले विभिन्न सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्तिहरुमा थप सहजता प्रदान हुने प्रशासन योजना तथा नुगमन शाखा प्रमुख माधव प्रसाद पोख्रेलले बताए । नगरपालिकाले ज्येस्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका , बिधवा लगायतको शिर्षकमा नेपाल सरकारले बितरण गरेको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत बितरण गर्ने गरेको छ। बैंकिंग प्रणालीलाई थप सहज तुल्याउन र त्यसमार्फत सेवाग्राही हरुमा थप सुबिधा प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको प्रमुख पोख्रेलले बताए।

बैंक, सामाजिक सुरक्षा र लेखा संग सम्बन्धित समस्याहरुको समाधानका लागि बैंक र नगरपालिकाको पंजीकरण शाखाको नियमित परामर्श हुनुपर्ने भन्दै नगरपालिका का लेखा अधिकृत रमेश बस्यालले हरेक लाभान्वित नागरिकको सहज सेवाका लागि जिम्मेबारी पुर्ण ढंगले सामाजिक दायित्व पुरा गर्नुपर्ने बताए। सो अवसरमा नगरपालिका पंजीकरण शाखाका युवराज तिवारी, सामाजिक शाखा प्रमुख बिनोद ज्ञवाली र मोहन न्यौपानेले बैंक प्रतिनिधिहरुमा रहेका समस्या र जिज्ञासाको समाधान गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित