३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

महिलामाथि हुने विभेद अन्त्यका लागि सामाजिक सचेतना र सोच परिवर्तन आवश्यक–उपप्रमुख अर्याल

बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवलको महिमा ज्योति मण्डलीले सोमबार ‘डिजिटल प्रविधिको समुचित प्रयोगबाट महिला सशक्तिकरण’ विषयक कविता प्रस्तुती गरेको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्यालले महिलामाथि हुने विभेद अन्त्यका लागि सामाजिक सचेतना र सोच परिवर्तन आवश्यक रहेको बताएकी छन् ।

मुलुकमा नयाँ व्यवस्था आएपनि कुनै न कुनै रुपमा महिलामाथि विभेद हुने गरेको तथा प्रविधि र युगको परिवर्तन भए पनि महिलाप्रति गरिने व्यवहार र सोचमा परिवर्तन हुन नसकेको उल्लेख गरिन् । राज्यका विभन्नि निकायहरुमा महिलाको प्रतिनिधित्व् हुन थालेपछि केही हदसम्म नारीले भोग्नुपरेका पीडा र समस्याका बारेमा सम्बोधन भएको उल्लेख गर्दै उनले अझै पनि महिला पुरुषलाई समान हैसियतमा राखेर हेर्ने प्रवृत्तिको बिकास भैनसकेको बताइन् । शैक्षिक, राजनीतिक, सामाजिक तथा आर्थिक रुपले महिला सशक्तिकरणको खाँचौ औल्याउँदै उनले ती सुबै कुराहरु प्राप्त गर्न सकेको अवस्थामा नारी सक्षम नागरिकको रुपमा आफूलाई उभ्याउन सक्ने उल्लेख गरिन् ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भरमा रहेर जनजागरण महिला समूह, सफल महिला समूह, मनकामना आमा समूह, तल्लो देवीनगर आमा समूह तथा ज्योति मण्डली परिषद दिदी बहिनी संगती समहूका महिलाहरुले काविता बाचन गरेका थिए । कार्यक्रममा शुभकामना व्यक्त गर्दै ज्योति मण्डली परिषदका संस्थापक तथा बुटवल ज्योति मण्डलीका वरिष्ठ पाष्टर डा. शिमोन पाण्डे, बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल स्वयंसेवी रक्तदाता समाजकी जिल्ला सदस्य जानकी नेपाल, पश्चिम सिद्धनगर टोल विकास संस्थाकी अध्यक्ष तथा जन जागरण आमा समूहकी कोषाध्यक्ष माया बेलबासे लगायतले विभेद अन्त्यका लागि घरदेखि नै सुरु गर्न आवश्यक रहेको बताए । नारी पुरुष एक नहुँदासम्म मुलुकको समृद्धि असम्भव भएको बताउँदे उनीहरुले त्यसका लागि समान अधिकार, समान नेतृत्व र समान अस्तित्वको खाँचो रहेकोमा जोड दिए ।

दिदी बहिनी संगति समितिकी अध्यक्ष कमला पाठकको सभापतित्वमा कार्यक्रम भएको थियो भने ज्योति मण्डली परिषदका अध्यक्ष एल्डर मनोहर पाठकले धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी केरेन चौधरीको सञ्चालन तथा दिदी बहिनी संगतीकी सल्लाहकार शान्ति पराजुलीको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित