लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

यसरी भइरहेको छ, सैनामैनामा अवैध ढुङगा दोहन

बुटवल ।
रुपन्देहीको सैनामैनामा अवैध खोलाजन्य पदार्थ उत्खनन् गरि बिक्रि वितरण गरेको पाईएको छ । सैनामैना वडा न.१० बेमटनी भन्ने स्थानबाट खेती सम्माउँने बहानामा ढुङगा निकास गरि ओसारपोसार गरेको अवस्थामा नगरपालिकाले सो कार्यलाई नियन्त्रणमा लिएको हो । केही दिन देखि उत्खनन् पश्चात डम्पीङ गरेको र बिक्रि वितरण गरेको भन्ने सुचना आए संगै नगरपालिकाको ध्यान त्यसतर्फ केन्द्रित भएको बताईएको हो ।३ वटा टिप्पर,१ हाईवा टिप्पर प्रयोग हुदै आएको एक्साभेटर चालकले उल्लेख गरेका छन् ।

सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्मा,वडा न.१०का वडाअध्यक्ष कृष्ण घिमिरे,पत्रकार लगायतको रोबरमा प्रयोग भएका रा १ ख ७७६ नम्बरको एक टिप्पर,एक एक्साभेटर नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सालझण्डीलाई जिम्मा लगाईएको छ ।

सुकुम्बासी जग्गाबाट अवैध रुपमा उत्खनन् भई बिक्रि वितरण भएको भन्दै नियन्त्रणमा लिईएको सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जानकारी दिए । खेती बनाउने बहानामा ओसारपोसार गर्नु मापदण्ड विपरित भएको भन्दै राज्यको सम्पत्ती दोहन गर्न कसैला पनि छुट नभएको मेयर शर्माको जिकिर रहेको छ । मेयर शर्मा भन्छन ‘हामीले खेती बनाउन अनुमति दिएको हो तर यसरी ठुलो मात्रामा ढुङगा उत्खनन् गरि घाडगद्धी गरि बिक्रि गर्न आदेश दिएका छैनौ’ ।

यस्तै,वडा न.१०का वडाअध्यक्ष कृष्ण घिमिरेले मापदण्ड विपरित घाडगद्धी गरि बिक्रि गरेको बताएका छन् । स्थानीयबाट पनि आफुलाई फोन आउने गरेको बताउदै वडाअध्यक्ष घिमिरेले कानुन भन्दा माथी कोही नरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित