जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

नेकपा रुपन्देहीले गर्‍यो सहिद–बेपत्ता परिवारलाई सम्मान

रुपन्देही । नेकपा रुपन्देहीले माओवादीले सञ्चालन गरेको जनयुद्धमा रुपन्देहीबाट सहित तथा बेपत्ता हुने ४५ परिवारलाई सम्मान गरेको छ ।

सहिद सप्ताह फागुन १४–२१ अन्तर्गत शनिवार नेकपा रुपन्देहीले सैन मैनाको दरखासीमा तत्कालीन समयको युद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको हो ।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ बाट सुरु भएको संघर्षमा ०५२ साल फागुन १४ गते तत्कालीन राज्यद्वारा माओवादी कार्यकर्ता १२ वर्षीय दिलबहादुर रम्तेल मारिएका थिए भने तत्कालीन झापा विद्रोहमा ०२८ साल फागुन २१ गते सुखानीको जंगलमा ४ जना राज्यद्वारा मारिएका थिए। तिनै दिनहरूलाई सम्झेर पार्टीले फागुन १४ देखि २१ सम्म हरेक वर्ष सहिद सप्ताह गर्दै आएको छ।

सप्ताह अन्तर्गत सहिद–बेपत्ता परिवार भेटघाट छलफल सम्मान लगायतका कार्यक्रम पार्टीले गर्दै आएको छ। हजारौँको बलिदानी हजारौँ बेपत्ता एवं घाइते योद्धाहरूको बलमा भएको संघर्षले यो मुलुकमा गणतन्त्र धर्मनिरपेक्षता समावेशिता संविधान सभाद्वारा नयाँ संविधान लगायतका मुद्दाहरु स्थापित भए पनि सहिद बेपत्ता परिवारका पीडाहरू भने उस्तै रहेको गुनासो परिवारजनको छ ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा पिबिएम एवं पूर्वी लुम्बिनी व्युरो इन्चार्ज प्रज्वलन सीले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका छन् । ‘चाहे राणाका विरुद्धका संघर्षमा भएका सहिद हुन चाहे झापा विद्रोह र जनआन्दोलनमा भएका सहिद हुन अनि नेपाली जनयुद्ध र एकीकृत जनक्रान्तिमा भएका सहिद हुन ती सबैको मुलुकको परिवर्तन र रूपान्तरणका निम्ति संघर्षमा भएको साहदत भएकोले सबैलाई राष्ट्रिय सहिद घोषणा गरिनु पर्छ ।’ नेता प्रज्वलनले भने।

जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूलाई सचेत गराउँदै नेता प्रज्वलनले भने जनयुद्ध नभएको भए ती सबै जेलमा हुन्थे न त गणतन्त्र आउँथ्यो न त सीमित भए पनि यिनी अधिकार आउँथे। उनले भने– तपाईं हाम्रो यो पीडा एकातिर जनयुद्धलाई संस्थागत गर्न नसक्नुका कारण हो भने अर्कोतिर जनयुद्धमा भएका संघर्षलाई बिषयान्तर गर्ने प्रवृत्ति अनि आन्दोलनमा भएको टुटफुट विभाजनले पनि हो । यसको पछाडि नेतृत्वको मुख्य दोष रहेको छ। यसमा नेतृत्व चुकेको कुरालाई समीक्षा गरेर अगाडि बढेमा फेरी नेपालको माओवादी कम्युनिस्ट आन्दोलन एक ठाउँमा आउने सम्भावना छ। साथै वैदेशिक हस्तक्षेप र जनजीविका अनि आर्थिक संकटका मुद्दामा पनि एक ठाउँ हुन जरुरी छ।

नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सी, सहिद बेपत्ता परिवार केन्द्रीय सचिव जया सी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई लगायतले बोल्दै जनयुद्धका मुद्धाहरुलाई संस्थागत गर्दै सहिदका सपनाहरु पूरा गरेर मात्रै सहिद परिवारप्रति सच्चा सम्मान हुने बिचार ब्यक्त गरेका थिए ।

सो समयमा रुपन्देहीबाट सहिद तथा बेपत्ता भएका करिब ७० जनाको परिवारमध्ये ४५ परिवार उपस्थित भएर सम्मान गरेको नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित