रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

तिलोत्तमाको सरसफाई अभियान एक सयौं श्रृंखलामा 

सप्ताहव्यापी कार्यक्रमको आयोजना, सरोकारवालासँग चरणबद्ध अन्तरक्रिया   
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । तिलोत्तमा नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आएसँगै सुरु भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान निरन्तर सञ्चालनमा रहेको छ ।
२०७९ सालको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले समेत निरन्तरता दिएपछि चैत्र १ गते सो अभियान एक सयौं श्रृंखलामा पुग्ने भएको हो । अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।
सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ भने वातावरणमैत्री स्थानीय शासन भएको नगरपालिका बन्ने अभियानमा समेत रहेको छ । यहाँका १७ वडामैं फोहोरमैला संकलन र व्यवस्थापनको काम हुँदै आएको छ ।
चैत्र १ गते पुग्ने एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिए । सो कार्यक्रमअन्र्तगत् जनचेतना अभिवृद्धिका लागि माईकिङ, बहस, वक्तृत्वकला प्रतियोगिता, नगरस्तरीय सरसरसफाई, रक्तदान, विद्यालय सरसफाई, कम्पोष्टविन वितरणलगायतका काम हुनेछन् । २७ गते नगरस्तरीय सरसफाई, रक्तदान, ३० गते मानव साङ्लोसहितको सिक्सलेन सफाई र चैत्र १ गते एक सयौं श्रृखंलाको स्मारक समुद्घाटन, झाँकी प्रदर्शन तथा सम्मान कार्यक्रम र नो हर्न नगरपालिका घोषणा कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत् हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरबासीमा आह्वान समेत गरेको छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घर, आँगन, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्नु सम्पूर्ण नगरबासीमा अनुरोध गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन् ।
चैत्र १ गतेबाटैं तिलोत्तमामा कुहिने र नकुहिने फोहोर अलग अलग उठाउने कार्यक्रम पनि सुरु हुँदैछ । नगरपालिकाले “ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा” को महाअभियानलाई सफल बनाउन चरणबद्ध रुपमा सरकोकारवालाहरुसँग छलफल गरिसकेको छ ।  अभियानलाई अझैं प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध सबै पक्षका सुझाव संकलन गरिएको हरियाली प्रवद्र्धन तथा सरसफाई व्यवस्थापन तथा कार्यान्वयन समिति संयोजक सुरेन्द्र श्रीले बताए ।
नगर क्षेत्रका राजनीतिक दल, खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, शिक्षण संस्था, सुरक्षा निकाय, क्लव, आमा समूह, टोल विकास संस्था, बैंक तथा वित्तीय संस्थासँग अभियानका विषयमा छलफल गरिएको र सम्बद्ध सबैले यो अभियानलाई अझैं प्रभावकारी बनाउँदै सप्ताहव्यापी कार्यक्रममा व्यापक सहभागिताको प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर प्रमुख रामकृष्ण खाणको संयोजकत्वमा निर्देशक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीको संयोजकत्वमा व्यवस्थापन समिति बनाएर तयारीका काम अघि बढाएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित