भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलमा बजार अनुगमन तिब्र, ड्याडिज किचन र पाण्डे मिष्ठान्नको तेल खान अयोग्य (तस्वीरहरु)

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो दुई दिन उपमहानगरपालिकाका विभिन्न मिठाई पसल, खाद्यान्य पसल, दुध डेरीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांशको तेल खान अयोग्य रहेको भेटिएको छ ।
ड्याडिज किचन कालिकानगरले भान्सामा पकाउने तेल खान अयोग्य रहेको भेटिएको छ । तेल खान योग्य भए÷नभएको जाँच गर्दा तेलमा ३५ प्रतिशत देखिएको थियो । सामान्यता चेकजाँच गर्दा तेलमा बढिमा २५ प्रतिशत सम्म तेलको मात्र हुँदा खान योग्य हुने भएपनि ड्याडिज किचनको तेलमा २९ * प्रतिशत देखाएको अनुगमनमा खटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले बताए । अनुगमन टोलीले सो ठाउँबाट खान अयोग्य रहेको ७ लिटर तेल नष्ट गरेको छ । त्यसैगरी चौराहको पाण्डे मिठाई पसलमा तेलमा ५० प्रतिशत भेटिएको छ । अनुगमनका क्रममा खान आयोग्य रहेको २ लिटर तेल र २ केजी मिठाई नष्ट गरिएको छ ।

महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ । यस्तै ३ वटा विद्यालय अनुगमन, ८ वटा खेल संरचना अनुगमन, २२ वटा होटल तथा स्पा सेन्टर अनुगमन, १५ वटा सहकारी अनुगमन, ३ वटा विद्यालय अनुगमन र ८ वटा वडा कार्यालय अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा कानून र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानूनबमोजिम कारबाही गरेको उनले बताए। उनले आगामी दिनमा पनि निरन्तर अनुगमन हुने भएकाले उपभोक्ता र व्यवसायी तथा उत्पादकहरु सचेत हुनुपर्ने बताए ।
बुटवलमा रहेका मिठाइ पसल र रेष्टुरेन्टहरुमध्ये केहीमा अखाद्य अवस्थामा पुगेको तेल फेला परेकोमा नष्ट गरिएको छ ।
केही मिठाई पसल र रेष्टुरेन्टले तेलमा लापरबाही गरेको, बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिंगा र किरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएकोमा सामग्री नष्ट गरी कानूनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले बताए ।
उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन र बिक्री गर्नुपर्नेमा त्यसो नगर्नेलाई कानूनी कारबाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए ।
बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो ।

ड्याडिज किचनको तेलमा २९ प्रतिशत हुनुपर्नेमा अन्यथा भएकाले सच्चाईएको छ । – सम्पादक

बुटवलको हाटबजारमा रहेको एक मिठाई पसलमा अनुगमन गर्दै

बुटवलको हाटबजारमा रहेको एक मिठाई पसलमा अनुगमन गर्दै

बुटवलको हाटबजारमा रहेको एक मिठाई पसलमा अनुगमन गर्दै

बुटवलको हाटबजारमा रहेको एक खाजा घरमा अनुगमन गरिदै । तस्वीरः तिनाउ न्यूज

बुटवलको हाटबजारमा रहेको एक खाजा घरमा अनुगमन गरिदै । तस्वीरः तिनाउ न्यूज

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित