रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु

बुटवल । बुटवलको अभियान पथमा नेपाल प्रहरी र नेपाली सेनाको क्षेत्रमा पर्खाल निर्माण शुरु भएको छ ।
अभियान पथ सडक विस्तार तथा बाउण्ड्री वाल निर्माणको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे।
शिलान्यास पछि बोल्दै प्रमुख पाण्डेयले लामो समयदेखि रोकिएको पर्खाल निर्माणको काम शुरु भएको र छिटै नै सडक विस्तारको काम शुरु हुने बताए।
उनले सडक विस्तारको कामका लागि डीपीआर भइसकेको र छिटै टेण्डर आह्वान गरी निर्माणको प्रक्रिया अगाडि बढाउने बताए।
‘यो पर्खाल बनेपछि नेपाली सेना र नेपाल प्रहरीतर्फको क्षेत्र छुट्टिनेछ, त्यसपछि सडक निर्माणले यो क्षेत्रलाई मुख्य सडकको वैकल्पिक सडकका रुपमा स्थापित हुनेछ, उनले भने-बुटवलको यो क्षेत्रका लागि यो सडक महत्वपूणर् सडक हुनेछ ।’

मध्यपश्चिम पृतना पृतनापति यमप्रसाद ढकाल, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र समादेशक विनोद घिमिरेले पर्खाल र सडक निर्माणले स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरे।
४ करोड १० लाख ७६ हजारमा ठेक्का भएको पर्खाल निर्माणको काम ३ महिनाभित्र पूरा गर्ने प्रतिबद्धता निर्माण पक्षले जनाएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए।
कार्यक्रममा वडाध्यक्ष बलबहादुर पुन, वडा सदस्य यमुना काउचाले बोल्दै वडा नम्बर १० का लागि सडक र पर्खालले थप सुन्दरता ल्याउने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित