लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

साढे १४ लाखको अवैध सामान रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा

रुपन्देही प्रहरीले साढे १४ लाख रुपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाल ल्याइएको १४ लाख ५७ हजार ९९० रुपियाँ बराबरको अपैध सामान प्रहरीले बरामद गरी भन्सार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ बेलबाबा पथस्थित दिनेश पोखरेलको घरबाट १२० पिस तन्ना, २७६ पिस टिसर्ट, हाफ पाइन्ट १९६ पिस, बनारसी साडी १७६ पिस, नर्मल साडी ११० पिस र सिफनको बण्डल ९५ रोल गरी करिव ८ लाख ५४ हजार मूल्य बराबरको सामान बरामद भएको छ ।

त्यस्तै रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ७ श्रीरामपुरस्थित महादेव पाल र शिवनाथ भन्ने सूर्यनाथ पालको घरबाट तीन लाख १२ हजार रुपियाँ बराबरको ५० केजीका सय बोरा चामल प्रहरीले बरामद गरेको छ ।

त्यस्तै कोटहीमाई गाउँपालिका वडा नम्बर ३ नौडिहवामा बेबारिशे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको दुईलाख ९१ हजार ९९० रुपियाँ बराबरको ५० केजीको ७७ बोरा चामल र २३ बोरा गहुँ बरामद गरी भन्सार पठाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बिकले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित