रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

साढे १४ लाखको अवैध सामान रुपन्देही प्रहरीद्वारा नियन्त्रणमा

रुपन्देही प्रहरीले साढे १४ लाख रुपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाल ल्याइएको १४ लाख ५७ हजार ९९० रुपियाँ बराबरको अपैध सामान प्रहरीले बरामद गरी भन्सार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ बेलबाबा पथस्थित दिनेश पोखरेलको घरबाट १२० पिस तन्ना, २७६ पिस टिसर्ट, हाफ पाइन्ट १९६ पिस, बनारसी साडी १७६ पिस, नर्मल साडी ११० पिस र सिफनको बण्डल ९५ रोल गरी करिव ८ लाख ५४ हजार मूल्य बराबरको सामान बरामद भएको छ ।

त्यस्तै रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ७ श्रीरामपुरस्थित महादेव पाल र शिवनाथ भन्ने सूर्यनाथ पालको घरबाट तीन लाख १२ हजार रुपियाँ बराबरको ५० केजीका सय बोरा चामल प्रहरीले बरामद गरेको छ ।

त्यस्तै कोटहीमाई गाउँपालिका वडा नम्बर ३ नौडिहवामा बेबारिशे अवस्थामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको दुईलाख ९१ हजार ९९० रुपियाँ बराबरको ५० केजीको ७७ बोरा चामल र २३ बोरा गहुँ बरामद गरी भन्सार पठाइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बिकले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित