रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

८४ वर्षका पुरुष र ६४ वर्षकी महिलाबीच मन मिलेपछि विवाह

‘मन मिलेपछि कस्सो के लाग्छ र’ भने जस्तै अर्घाखाँचीमा त्यस्तै भएको छ । जिल्लामा ८४ वर्षका पुरुष र ६४ वर्षकी महिलाबीच विवाह भएको छ । सुन्दा विश्वास नलाग्न सक्छ, तर अर्घाखाँचीकी एक ६४ वर्षीय महिलाले ८४ वर्षीय पुरुषसँग लगनगाँठो गाँसेकी छिन् ।
जिल्लाको शीतगंगा नगरपालिका वाड नम्बर १ सुवर्णखालकी ६४ वर्षीया नारायणी पौडेलले गुल्मी धुर्कोट–२ सुफलका ८४ वर्षका कुलानन्द खनालसँग विवाह गरे । दुवैतर्फ छोराछोरी भए पनि पौडेल र खनाल भने एकल रहेका थिए । छोरीको घर नेपालगञ्ज गएको बेला उनी (श्रीमती) पनि आप्mनी छोरीलाई भेट्न नेपालगञ्ज गएको बेला भेट भएपछि दुःख सुखका कुरा गर्दै जाँदा विवाह गर्नेसम्म सहमति भएपछि विवाह गरेको खनालले बताए ।

१५ वर्ष अगाडि श्रीमती गुमाएर एक्लै रहेका खनालका छोराछोरी भए पनि छोरानाति छुट्टिएर बेग्लै बस्दा पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । ‘छोराछोरी जागिरे छन्, नातिनातिना जागिरे छन् । आफ्नो जोडा बितेपछि एक्लै भए तातोपानी खान दिनेसम्म कोही भएन्,’ उनले भने–‘सोंचे जस्तो जोडा पाए विवाह गरें ।’

कुलानन्दकै जस्तै कथाव्यथ नारायणीको रहेको थियो । श्रीमान बितेपछि एक्लै रहेकी पौडेलका पनि छोराछोरी रहेको दैनिक लुम्बिनीमा खवर छ।  । ‘छन त तीन छोरा, दुई छोरी छन् तर मनमा दुःख भयो सगै बसेर भलाकुसारी गर्ने कोही भएन,’– नारायणीले भनीन् –‘दुई जनाकै दुःख मिलेपछि सँगै रमाउँ, खाउँ, बसौं, दुःखसुखको सहयात्री बनौ भनेर जोडा बन्यांै ।’

वृद्धावस्थाको विवाहले जोडी बन्दा दिनचर्या सहज भएको दुवै जनाको भनाई रहेको छ । ‘मेरो अहिले विवाह गर्ने बेला त होइन, बेला, उमेरले गरेको व्यवहार होइन यो । अहिले खुसी नै छु, । तीन छोरालाई अंशबन्डा गरिदिएर आफूसँग जे–जति जिउनी बचेको छ, त्यसैमा खुसीसाथ बाँच्ने कुलानन्दले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित