लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

कपिलबस्तुका बुद्धस्थलको निरीक्षण

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले कपिलबस्तुमा रहेका बुद्ध स्थलको निरीक्षण गरेका छन् ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई ९ढुण्डिराज०र सदस्य सचिव सानुराजा शाक्यले प्राचिन तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा र सगरहवाको निरीक्षण गरेका हुन । ती क्षेत्रमा विकास कोषले गरेका पछिल्ला काम र त्यहाँको बस्तुगत अवस्था बुझ्नका लागि निरीक्षण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए ।

उक्त अवसरमा तिलौराकोटमा पछिल्लो समय पुरातात्व विभाग र विकास कोषले गरेको उत्खननका बारेमा जानकारी लिइएको उनले बताए ।

उत्खननमा संलग्न पुरातात्व विभाग, लुम्बिनी विकास कोषका पुरातात्व विभाग र दुर्हम विश्वविद्यालयका प्रतिनिधिबाट उत्खननमा भेटिएका नयाँ तथ्यबारे समेत जानकारी लिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

शाक्यहरुको सामूहिक नरंसंहार गरिएको ऐतिहासिक स्थल सगरहवामा गरिने मूर्तीकार्यशाला सञ्चालनका फिल्ड भिजिट समेत गरिएको थियो । निरीक्षणमा विकास कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्य र प्रेस कन्सल्ट्यान्ट विनोद परियारको समेत सहभागिता थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित