३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कपिलबस्तुका बुद्धस्थलको निरीक्षण

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले कपिलबस्तुमा रहेका बुद्ध स्थलको निरीक्षण गरेका छन् ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई ९ढुण्डिराज०र सदस्य सचिव सानुराजा शाक्यले प्राचिन तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा र सगरहवाको निरीक्षण गरेका हुन । ती क्षेत्रमा विकास कोषले गरेका पछिल्ला काम र त्यहाँको बस्तुगत अवस्था बुझ्नका लागि निरीक्षण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए ।

उक्त अवसरमा तिलौराकोटमा पछिल्लो समय पुरातात्व विभाग र विकास कोषले गरेको उत्खननका बारेमा जानकारी लिइएको उनले बताए ।

उत्खननमा संलग्न पुरातात्व विभाग, लुम्बिनी विकास कोषका पुरातात्व विभाग र दुर्हम विश्वविद्यालयका प्रतिनिधिबाट उत्खननमा भेटिएका नयाँ तथ्यबारे समेत जानकारी लिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

शाक्यहरुको सामूहिक नरंसंहार गरिएको ऐतिहासिक स्थल सगरहवामा गरिने मूर्तीकार्यशाला सञ्चालनका फिल्ड भिजिट समेत गरिएको थियो । निरीक्षणमा विकास कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्य र प्रेस कन्सल्ट्यान्ट विनोद परियारको समेत सहभागिता थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित